घट्यो एक्कासी ह्वात्तै सुन चाँदीको मूल्य, कति छ त ? पढ्नुहोस्

  • प्रकाशित मिति: आइतबार, कार्तिक २५ २०७५
  • तामाकोसी खबर

काठमाडौँ, २५ कात्तिक । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो ।



अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदी आइतबार तोलामा १५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।