सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
पञ्चाङ्ग-श्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल कार्तिक २० गते मंगलबार नेपाल सम्बत ११३८ कौलागा,सन् २०१८ नोभेम्बर ६ तारिक कृष्णपक्ष चतुर्दशी तिथि राती १० वजेर ८ मिनेटसम्म उप्रान्त चतुर्दशी तिथि,चित्रा नक्षत्र राती ८ वजेर ३२ मिनेटसम्म उप्रान्त स्वाती नक्षत्र,प्रीतियोग,भद्राकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य तुला राशीमा,चन्द्रमा विहान ८ वजेर ४६ मिनेटसम्म कन्या उप्रान्त तुला राशीमा ।
मुहूर्त -राहुकालः–अशुभ अपरान्ह २ वजेर ३१मिनेटबाट ३ वजेर ५३ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ९ वजेर ३ मिनेटबाट १० वजेर २५ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वान्ह ११ वजेर ४७मिनेटबाट अपरान्ह १ वजेर ९ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर ३० मिनेटबाट ९ वजेर १४ मिनेटसम्म र राती १० वजेर २९ मिनेटबाट ११ वजेर १३ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २५ मिनेटबाट मध्यान्ह १२ वजेर ९ मिनेटसम्म रहनेछ ।दिन बार वेला
सूर्योदय कालबाट प्रातः ७ वजेर ४१मिनेटसम्म रोग वेला,७ वजेर ४१ मिनेटबाट ९ वजेर ३ मिनेटसम्म उद्वेग वेला,९ वजेर ३ मिनेटबाट १० वजेर २५ मिनेटसम्म चर वेला,१० वजेर २५ मिनेटबाट ११ वजेर ४७मिनेटसम्म लाभ वेला,११ वजेर ४७मिनेटबाट १ वजेर ९ मिनेटसम्म अमृत वेला,१ वजेर ९ मिनेटबाट २ वजेर ३१ मिनेटसम्म काल वेला,२ वजेर ३१ मिनेटबाट ३ वजेर ५३ मिनेटसम्म शुभ वेला र ३ वजेर ५३ मिनेटबाट सूर्यास्त कालसम्म रोग वेला रहनेछ ।
रात्री बार बेला
सूर्यास्त कालबाट ६ वजेर ५३मिनेटसम्म काल वेला,६ वजेर ५३ मिनेटबाट ८ वजेर ३१ मिनेटसम्म लाभ वेला,८ वजेर ३१ मिनेटबाट १० वजेर ९ मिनेटसम्म उद्वेग वेला,१० वजेर ९ मिनेटबाट ११ वजेर ४७मिनेटसम्म शुभ वेला,११ वजेर ४७मिनेटबाट १ वजेर २५ मिनेटसम्म अमृत वेला,१ वजेर २५ मिनेटबाट ३ वजेर ३ मिनेटसम्म चर वेला,३ वजेर ३ मिनेटबाट ४ वजेर ४१ मिनेटसम्म रोग र ४ वजेर ४१ मिनेटबाट सूर्योदय कालसम्म काल वेला रहनेछ ।
राशी
मेषः– दिन सामान्य अनुकुल हुनेछ । नोकरीमा भूमिकाको खोजी हुनेछ । बादविबाद मुद्धा मामिलामा जीत हुनेछ । लोभमोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति कम हुनेछ । व्यापारबाट आम्दानी कम हुनेछ । बैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
वृषः–विरोधी सल्बलाउने छन तर तीनले केहि गर्न सक्ने छैनन । गोप्य सूचना भने नचुहाउनु होला । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । सुरक्षित आर्थिक करोवार गर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला । अरुको भरु नपर्नु होला ।
मिथुनः–दुविधा बढ्न सक्छ । आफुमा भएको ज्ञान शिपको प्रयोग गरी काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो ठाँउ अरुले लिने छन् । आलस्यता बढ्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चल सम्पतिको अभावमा काम गर्न गाह्रो हुनेछ । धन दिएर आफन्तलाई टाढा नबनाउनु होला ।
कर्कटः–घर डेराको समस्या पर्न सक्छ । शरीरिक एवं मानसिक शिथिलता बढ्नेछ । भाई बन्धुको सहयोग कम मिल्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ ।
सिंहः– राजनीतिमा चासो बढ्नेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । नोकरीबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।
कन्याः– राम्रो वोल्दा नराम्रो हुनसक्छ । कमाईमा भन्दा रमाईमा बढि समय जानेछ ।
ईष्टमित्रबाट सहयोग पाईनेछैन । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । वचाएर राखेको धन सकिनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । हतारमा गरेका काम विग्रिने छन् ।
तुलाः– शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ तर भ्रमबाट मुक्त भएर अगाडि बढ्नु होला । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग अल्प मिल्नेछ ।
वृश्चिकः– समय प्रतिकुल देखिन्छ । उपलब्धिका काम भन्दा खर्चका काम सहज रुपमा हुनेछन् । घुमफिर रमाईलोमा अधिकाँश समय खर्च हुनेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी नबढाउनु होला गरेमा डुब्नेछ ।
धनुः– समय अनुकुल नै देखिन्छ । मनोवाञ्छित काम पुरा हुने योग छ । जागिरबाट लाभान्वित हुनुहुनेछ भने राजनीतिमा सक्रियता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
मकरः–समयले पूर्ण साथ दिनेछ । काममा देखिएका समस्या समाधन हुनेछन् । विवादित कामको टुङ्गो लाग्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । जागिरबाट लाभ हुनेछ । राजनीतिमा चासो बढ्नेछ । हतारमा भने कुनै निर्णय नलिनु होला ।
कुम्भः– झुट्टा आश्वासनमा फस्ने सम्भावना देखिन्छ सतर्क भई काम गर्नु होला । अनावस्यक काम बढि हुनेछन् जसका कारण धेरै उपलब्धिका काम अधुरा रहने छन् । आलोचनाबाट मुक्त हुनुहुने छैन । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । पढाई लेखाईमा अवरोध आउनेछ । आस्था र विश्वास गुम्नेछ ।
– दिन प्रतिकुल देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुनेछन् । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा अवनति हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । कर्म क्षेत्रमा दुष्टहरुको आगमन हुनसक्छ ।
नोटः– यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।