भारतबाट विराटनगरमा ल्याइयो रेलको इन्जिन,४५ दिनभित्र बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने…

  • प्रकाशित मिति: आइतबार, कार्तिक १८ २०७५
  • तामाकोसी खबर

१८ कात्तिक, विराटनगर । भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा आइतबार इन्जिन परीक्षण गरिएको छ ।

बथनाहाबाट छुटेको रेलको इन्जिन आइतबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिकाको बुधनगरस्थित यार्डसम्म आएको हो । रेलको इन्जिन हेर्न नेपालतर्फ सयौं मानिसहरु भेला भएका थिए ।



रेलको इन्जिन केही बेर राखेर फेरि भारततर्फ नै लगिएको छ । निर्माण कम्पनीका निर्देशक अश्विनीकुमारले अबको ४५ दिनभित्र बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने बताए ।

बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी छ ।