कुटपिट गरेर आफ्नै श्रीमतीको हत्या गरी श्रीमान फरार, पढ्नुहोस्

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक १६ २०७५
  • तामाकोसी खबर

कार्तिक १६/ गुल्मीमा एक व्यक्ति आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका छन् । मदाने गाउँपालिका-६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपाली आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका हुन् ।

नेपालीले शुक्रवार बिहान ३१ वर्षीया सीता नेपालीलार्इ कुटपिट गरेर हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपकुमार बस्नेतले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार भएका दुर्गाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप बुझ्न एसपी बस्नेतसहित जिल्लाबाट टोली घटनास्थलतर्फ गएको छ ।