प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन माधवकुमार नेपालका साथ नेकपा नेता/कार्यकर्ता र शुभेच्छुकको भीड…

  • प्रकाशित मिति: सोमबार, कार्तिक १२ २०७५
  • तामाकोसी खबर

कार्तिक १२/ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका नेता माधवकुमार नेपाल पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

अस्पतालले बिहान साढे ४ बजे महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र अन्य स्वास्थ्य सामान्य रहेको पनि विज्ञप्तीमा जनाइएको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्। नेकपा महासचिव बिष्णु पौडेल र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि प्रधानमन्त्रीलाई भेटेर फर्किसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री रामबहादुर थापा अहिले अस्पताल परिसरमै छन्।

अहिले अस्पताल परिसरमा नेकपा नेता/कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ।