मोदी जी मेरो प्रमुख अथिति बन्ने चाहाना होईन – डोनाल्ड ट्रम्प

  • प्रकाशित मिति: आइतबार, कार्तिक ११ २०७५
  • तामाकोसी खबर

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी वर्ष गणतन्त्र दिवसमा मुख्य अतिथिका रुपमा भारत नआउने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार, अमेरिकी अधिकारीहरुले राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजीत डोभाललाई यस फैसलासँग जोडिएको पत्र लेखेका छन् ।



पछिल्लो समय भारत र रुसबीच भएको रक्षा सम्झौताको कारण ट्रम्प प्रशासनले यो निर्णय लिएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री मोदीले सन् २०१७ मा आफ्नो अमेरिका भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पलाई भारत आउने निमन्त्रण दिएका थिए ।

दुई जनाबीच भएको छलफल पछि जारी गरेको संयुक्त विज्ञप्तिमा ट्रम्पले मोदीको निमन्त्रणा स्वीकार गरेको बताइएको थियो ।

केही महिनाअघि ट्रम्पलाई सन् २०१९ को गणतन्त्र दिवसको मुख्य अतिथि बन्ने निमन्त्रणा पठाइएको थियो । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले निमन्त्रण मिलेको पुष्टि पनि गरेकी थिइन् ।

कारण ?

पछिल्लो केही महिना यता रुस र इरानसँग अमेरिकोको सम्बन्ध झनै बिग्रेको छ ।

रुसमाथि अमेरिकी चुनावमा हस्तक्षेप गरेको तथा बेलायतमा जासूसलाई विष दिएर मारेको आरोप लागेको थियो । त्यहीँ इरानमाथि सन्धीको बावजुद गुपचुप रुपमा परमाणु हतियार बनाएको आरोप छ । यही कारण अमेरिकाले दुवै देशमा अलग–अलगत स्तरमा प्रतिबन्ध लगाएको छ ।

दोस्रो तर्फ भारत रुस र इरानसँग व्यापार खत्तम गर्ने पक्षमा देखिएको छैन ।

हालमात्र मोदी र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच रक्षा सम्झौतामा हस्ताक्षर भएको थियो ।

ट्रम्पले चाँडै यस निर्णयबारे अमेरिकी प्रतिक्रिया देखाउने चेतावनी दिएका थिए ।