गृह मन्त्रालयले एसपी डिल्लीराज बिष्ट र इन्टरपेक्टर जगदिशप्रसाद भट्टलाई सेवाबाट हटाउने निर्णय गरेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै उनलाई हटाउने निर्णय भएको हो । उनीहरुको जवाफ चित्तबुझ्दो नभएकाले सेवाबाट हटाउने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
उनीहरुलाई कञ्चनपुर घटनाको छानबिन समितिको प्रतिवेदनको आधारमा सरोकारवालाहरुबाट प्राप्त गुनासाेको उचित सम्बोधन गर्न नसकेको, प्रमाण लोप पारेको तथा घटनामा सम्बन्धित जिल्ला प्रहरी प्रमुखसमेतको सन्दिग्ध भूमिका रहेको भन्ने आधारमा प्रहरी सेवाबाट हटाइएको विज्ञप्तीमा जनाइएको छ ।