रामेछापमा दशैँ तिहार लक्षित सवारी साधनको चेकजाँचमा कडाई

  • प्रकाशित मिति: शनिबार, असोज २७ २०७५
  • तामाकोसी खबर

रामेछाप । असोज २७ गते,
नजिकिदै गरेको दशैँ तिहारलाई लक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी साधनको चेकजाचमा कडाई गरेको छ । शुक्रबार र शनिबार रामेछापको ग्रामिण सडक धोवी, शिरिसे,ढाडे, नामाडी, बेताली, फर्पु,शिवालय, चुचुरे,फुलासी पोखरी, दोरम्बा जाने सवारी साधनको चेक जाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरिक्षक कुशहरि भण्डारीले बताए । दुईदिनमा ट्राफिक नियमको उलंघन गर्ने ६९ सवारी साधनलाई कारवाही गरिएको उनको भनाई छ । उनले कारवाहिमा परेका सवारी साधनबाट ५९ हजार ५ सय जरिवाना शंकलन भएको बताए ।
दशैँ तिहार जस्ता चाडमा हुन सने दुर्घटनालाई मध्यनजर गरी जिल्लाको ट्राफिक व्यवस्थापनमा कडाई गरिएको उनकोे भनाई छ । उनले ट्राफिक नियमको पालना नगरेको,बढि भाडा असुलेको,क्षमता भन्दा बढि यात्रु बोकेको , मापसे गरेको पाइए ०४८–५४०२५६मा या जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा फोन गरेर जानकारी गरी सहयोग गर्न सर्वसाधारणलाई आव्हान गरेका छन् । जिल्लाको कुनैपनि क्षेत्रमा जोखिमपुर्ण यात्रा नगर्न नगाराउन ट्राफिक प्रहरीले आह्वान गरेको उनको भनाई छ ।