रामेछापको खाँडादेवी गाउँपालिकामा साझेदारी मञ्च गठन

  • प्रकाशित मिति: मंगलबार, असोज २३ २०७५
  • तामाकोसी खबर

रामेछाप । असोज २३ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा गाउँपालिकाको आर्थिक तथा सामाजिक समृद्धिका लागि गाउँपालिका स्तरीय साझेदारी मञ्च गठन गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षता तथा मानव अधिकार सचेतना तथा विकास केन्द्र ( हुराडेक ) दोलखा नेपालको पारस्पारिक जवाफदेहिता परियोजनाको सहजिकरणमा भएको बैठकले साझेदारी मञ्च गठन गरेको हो । बठैकले गाउँपालिकाका अध्यक्ष तामाङको संयोजकत्वमा गाउँकार्यपलिकाका सबै सदस्य र गाउँपालिकाका प्रत्यक वडाबाट एक एक जना नागरिक अगुवा समावेसी रुपमा सहभागि हुने गरि सदस्य रहनेगरी २७ सदस्सिय गाउँपालिका स्तरीय साझेदारी मञ्च गठन गरिएको हो ।
स्थानीय स्तरको समस्याको पहिचान गरी समाधानको उपायको खोजी गर्ने र गाउँपालिकाको सेवा प्रदायक निकायको सेवालाई अझ प्रभावकारी बनाउन लागि मञ्चले सहयोग गर्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष एवं साझेदारी मञ्चका संयोजक प्रेम बहादुर तामाङले बताए । गाउँपालिकामा रहेका सेवा प्रदायक निकाय र नागरिक समाजका अगुवाहरु मञ्चमा आवद्ध भएकाले साझेदारी मञ्च मार्फत हुने क्रियाकलापले गाउँपालिकालाई जवाफदेही बनाई सेवा प्रवाहामा थप मजवुद बनाउने गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले बनाइन् । मानव अधिकार सचेतना तथा विकास केन्द्र ( हुराडेक ) दोलखाको पारस्पारिक जवाफदेहिता परियोजना रामेछापका संयोजक नवराज पथिकले गठित साझेदारी मञ्चले गाउँपालिका मार्फत प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।