फुलासीमा पनि २८ औँ अन्र्तराट्रिय जेष्ठ नागरिक दिवस मनाइयो

  • प्रकाशित मिति: सोमबार, असोज १५ २०७५
  • तामाकोसी खबर

रामेछाप । असोज १५ गते,
रामेछापको मन्थली नगरपालिका–१४ फुलासीमा सोमबार एक कार्यक्रमको आयोजना गरी २८ औँ अन्र्तराट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । कार्यक्रमका अवसरमा फुलासी बिस्लीका ९१ बर्षिय दल बहादुर थापा र फुलासी बौद्धकी ९७ बर्षिया चरीमाया तामाङलाई दोसल्ला ओढाई एक÷ एक ओटा करुवा प्रदान गरेर सम्मान गरिएको छ । उनीहरुलाई मन्थली नगरपालिका –१४ का वडा अध्यक्ष भरत सिंह वाइबाले सम्मान गरेका हुन् । जेष्ठ नागरिक सम्मान कार्यक्रममा कालिदेवी माध्यामिक विद्यालय फुलासी पोखरीका विद्यार्थीले “वृद्धवृद्धा र जेष्ठ नागरिकलाई उचित सम्मान गरौँ” भन्ने नारा लेखिएका प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए ।
वडा भित्रका ३ सय ७ जना सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुलाई वडा कार्यालयले भत्ता समेत वितरण गरेको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष भरत सिंह वाइबाले जनताको सुख र शान्तिका लागी आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आफूले पाउने मासिक पारिश्रमिक नलिने भन्दै उनले त्यो रकम सामाजिक सेवामा खर्च गर्ने बताए । कार्यक्रममा वडा सचिव युवराज खड्का,नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री,प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।