स्वर्गिय शंकर ढुंगेलको स्मृतिमा मन्थलीमा प्रतिक्षालय निर्माण

  • प्रकाशित मिति: बिहिबार, भाद्र १४ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ १४ गते,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर २ ठोसेका तत्कालिन वडा सचिव स्वर्गिय शंकर ढुंगेलको स्मृतिमा मन्थलीमा प्रतिक्षालय निर्माण गरिएको छ । जिल्ला सदरमुकाम मन्थलीको देबकोटा चोकमा निर्माण गरिएको प्रतिक्षा लयको विहिबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।
देवकोटा चोकको पिपलबोट चौतारामा निर्माण गरिएको प्रतिक्षालयको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले उद्घाटन गरेका हुन् । निकै व्यस्थ बजारको एकमात्रै विश्राम गर्ने स्थान देकोटा चोकमा आफ्नो छोराको सम्झनामा प्रतिक्षालय बनाइएको स्वर्गिय ढुंगलेका बुबा निल प्रसाद ढुंगेलले बताए ।
उनका अनुसार उक्त प्रतिक्षालय ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो । कार्यक्रममा सहभागिहरुले स्वर्गिय ढुंगेलको फोटोमा माल्र्यापन गरी अबिर लगाएर उनको सम्झना गरेका थिए ।