सान नेपालको सानको साधारण सभा सम्पन्न

  • प्रकाशित मिति: सोमबार, साउन १४ २०७५
  • तामाकोसी खबर

रामेछाप । साउन १४ गते,
सामाजिक जवाफदेहीता नेटवर्क सान नेपालको दोस्रो वार्षिका साधारणसधा सोमबार मन्थलीमा सम्पन्न भएको छ । सान नेपालका अध्यक्ष उमंग मैनालीको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा साधारण सभा भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खड्काले सामाजिक संस्थाहरुले राज्यका निकायलाई सुशासन प्रवर्धन र पदर्शिता कायम गराउनको लागि खबरदारी गर्नु पर्नेमा जोड दिए । उनले स्थानीय तह नयाँ अभ्यासमा रहेकोले यस्तो बेलामा सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका महासचिव तिलक कार्कीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन पेश गर्दै कार्कीले यस वर्ष संस्थाले सार्वजनीक सुनुवाई लगायत सुशासन प्रवर्धनका काम गरेको बताए । उनले जिल्लाका ५ वटा स्थानीय तहमा गरेको सार्वजनीक सुनुवाई लगायतका कर्यक्रममा १२ लाख ८२ हजार रुपैयाँ खर्च भएको बताए । ती कार्यक्रमको लागि स्थानीय तहबाटनै रकम प्राप्त भएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुँगेल, गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भूवन श्रेष्ठ लगायतले साधारण सभा सफलतको शुभकामना प्रदान गरेका थिए ।