नवराज पथिक ।
रामेछाप, जेठ ३० गते
सुचनाको हक सम्बन्धि ऐन संरक्षण, सम्बर्धन , प्रवर्धन र प्रचलन विषयक अन्तरक्रिया कार्यक्रम बुधबार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । राष्ट्रिय सुचना आयोगसंगको सहकार्य तथा नेपाल पत्रकार महासंघ रामेछापको आयोजना र मानवअधिकार सचेतना विकास केन्द्र (हुराडेक) दोलखाको सिएसम्याप परियोजनाको सहआयोजनामा कार्यक्रम भएको हो ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुँगेलको अध्यक्षतामा कायक्रम भएको हो ।
कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दे युएसएडको आर्थिक सहयोग र एफएचआई ३६० तथा हुराडेक दोलखाको सहकार्यमा सञ्चालन भएको सिएसम्यापका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले सुचनामा नागरिकको सहज पहुँचका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमका सहभागिले जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयका वेवसाइडहरु अपडेट नभएको विषय उठाए पछि निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले तत्कालै आप्mनो वेवसाईड अपडेट गर्ने र अन्य कार्यालयका वेवसाईड पनि अपडेट गर्न निर्देशन दिने बताए । उनले सबै कार्यालय तथा स्थानीय तहमा पनि नागरिक वडापत्र राख्न पत्राचार गरेको जानकारी दिए । उनले नागरिकलाई प्रवाह गर्ने सेवा कसरी प्रवाह भई रहेको छ भन्ने बारेमा जिल्ला प्रशासन कार्यालयले कडा अनगुमन गर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले सबै स्थानीय तहका बडापत्र राख्न तथा नागरिकलाई सूचना दिन आपूmले निर्देशन गर्ने बताए । हुराडेक दोलखाका अध्यक्ष होम पाठकले सुचना महत्वपूण विषय भएको बताए । उनले सूचना दिने र लिनेको चेतनाले यसका प्रचलतमा काम गर्ने बताए । उनले कतिपय निर्वाचित जनप्रतिनिधिलाई समेत आप्mनो निकायलय के काम कसरी गरि रहेको छ भन्ने कुरा थाहा नपाएको विडम्बनापूर्ण अवस्था रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुँगेलले सुचनाको हक सम्बन्धि ऐनमा भएको व्यवस्था, त्यसको प्रचलन र सुचनाको हकको सम्बर्धन र प्रवर्धनमा सरोकारवालाको भूमिकाको विषमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहभागि बक्ताहरुले नागरिकहरुले अहिले पनि सूचनाको हकको सहज उपयोग गर्न समस्या भएको बताए । सूचनाअधिकारीलाई समेत कार्यालय प्रमुखले सबै सुचना नदिँदा नागरिकले खोजेको सुचना पाउन नसकेको उनीहरुले बताए । कार्यक्रम पत्रकार, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।
यसैगरी संचारमाध्यमबाट हुने प्रकाशन तथा प्रशारणमा लैगिक संवेदनशीलता सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार रामेछापको मन्थलीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रामेछापसंगको सहकार्यमा भएको सो कार्यक्रममा महिला आयोगकी शाखा अधिकृत मधु अर्यालले संचारमाध्यमबाट हुने प्रकाशन तथा प्रशारणमा लैगिक संवेदनशीलता विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रमका सहभागि पत्रकारहरुले यो सबैको साझा विषय भएकाले यसमा सबैको ध्यान जानु पर्ने बताए ।