मन्थली, जेठ १ ।
रामेछाप जिल्लाको मन्थलीमा गत आइतबारराति १२ बजे देखि आएको अविरल वर्षा पछिको बाढीले बजार क्षेत्र अस्तब्यस्त बनायो ।
बजारबासीले सोचेकै थिएनकी मन्थलीमा यतिधेरै वर्षा र बाढी आउछ भनेर तर कल्पना भन्दा फरक ढंगले एक्कासी बजार क्षेत्र अस्तव्यस्त बनायो ।
सुख्खा क्षेत्र अझ भन्नु पर्दा कम वर्षा हुने क्षेत्रको पहिचान बन्दै आएको मन्थली बजारमा १२ बर्ष यताकै ठुलो बर्षा र बाढी आयो परिक्षा दिन हिडेका सात जना विद्यार्थीहरु रणजोर खोलाले आफ्नो वेगसंगै बगायो । ६ जना जिवितै उद्धार गर्न सफल भए पनि एक जनाको अबस्था अझै अज्ञात छ ।
बैशाख ३१ आएको वर्षा र बाढीको प्रभावले मन्थली बजार क्षेत्रको व्यथिती फोटो फिचरमा
(फोटो फिचर)













