रामेछाप । वैशाख २१ गते,
सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीहरुले गरेको आन्दोलनको रामेछापमा आंशिक प्रभाव परेको छ । यातायात समितिहरुले बस नचलाउदा जिल्लाबाट छुट्ने र जिल्ला भित्रने लामो तथा छोटो दुरीमा यात्रा गर्ने सर्वसाधारणलाई समस्या भएको छ ।
रामेछापबाट काठमाडौँ तथा अन्य विभिन्न ठाउँका साथै जिल्लाका ग्रामिण सडकमा चल्ने सवारी नहुदा समस्या भएको हो । सदरमुकाम मन्थलीबाट विभिन्न ग्रामिन भेगमा संचालित यातायात समितिहरुले सवारी आवागमन ठप्प बनाएपछि सदरमुकाम भन्दा ग्रामिण भेगका सर्वसाधारणलाई बढि समस्या भएको छ ।
रामेछाप सदरमुकाम मन्थली बजार र बसपार्कमा रहेको वि.पि यातायात, अरनिको यातायात र हिमाल तराई यातायात समितिको टिकट बुकिङ काउन्टर बन्द छ । रामेछापका यी तीन यातायात समितिले बस संचालन नगर्दा ग्रामिण भेगमा भने साना सवारी बहायकका यातायातको साधन ठप्प भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार थापाले जानकारी दिए ।
उनका अनुसार जिल्लामा प्रालीमा दर्ता भएका हिमगंगा यातायत प्राली, सिटि भिलेज र सुनौलो यातायात प्राली लगाएतका यातायात प्रालिहरुले बस संचालन गरिरहेको छ ।
अहिलेसम्म रामेछापका कुनैपठि ठाउँमा यात्रुहरु अलपत्र नपरेको पहरी निरिक्षक थापाको भनाई छ ।
सधै अति ब्यस्त रहने बिपि राजमार्गसुन सान छ फाट्ट फुट्ट मात्र सवारी चलेको छ । प्रहरीका अनुसार जिल्लामा यातायात बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण रामेछापमा कुनै पनि अप्रिय घटना नभएको प्रहरीको भनाई छ । यातायातको साधन ठप्प पार्ने व्यवसायीहरुलाई भने प्रहरीले कडा निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक थापाले चेतावनी दिए ।
यातायात व्यवसायीको आन्दोलनको रामेछापमा सामान्य प्रभाव
- प्रकाशित मिति: शुक्रबार, बैशाख २१ २०७५
- तामाकोसी खबर