कलाकार रामजी बुढाथोकीको “सिरु फुल्यो सेतै छ” बजारमा (भिडियो सहित)

  • प्रकाशित मिति: शुक्रबार, बैशाख २१ २०७५
  • तामाकोसी खबर

रामेछाप, २१ बैशाख ।
कलाकार रामजी बुढाथोकी नेपाली लोक दोहोरी गित संगितको क्षेत्रमा छोटो समयमा सफलता पाउने कलाकारको रुपमा परिचित छ । कलाकार बुढाथोकी आफु संख्यात्मक भन्दा गुणात्मकलाई बढि महत्व दिने बताउनु हुन्छ ।

रामेछाप जिल्ला खाडादेवी गाउपालिका माकादुममा जन्मिएका कलाकार रामजी बुढाथोकी आफैमा एक ब्यवसायि पनि हुनुहुन्छ । व्यवसायको अलवा आफु फुर्सदको समयमा गित संगितको क्षेत्रमा नै व्यस्त हुने गरेको बताउनु हुन्छ । टिपिकल लोक शब्द सिर्जनामा माहिर बुढाथोकी आवाजमा पनि आफ्नोपनको आभास दिन सक्ने कलाकार रहेको पाठक दर्शक स्रोताको भनाई छ ।



“खाडादेवी दर्शन गरौला” लगाएतका भाकाहरु बजारमा सफल भए पश्चात अहिले “सिरु फुल्यो सेतै छ” एल्वमले संगितको बजार प्रिथकता पाएको छ । रामजी बुढाथोकी र सिता खपाङ्गीको सुमधुर आवाजमा भरिएको एल्वम “सिरु फुल्यो सेतै छ” को दिपक यात्री आचार्यको लय शब्द सिर्जनामा मेलमिलाप डिजिटल म्यूजिक प्रा. लि. ले बजार ब्यवस्थापन गरेको छ ।

करिश्मा ढकाल र सुरेन्द्रकुमार दाहालको सशक्त अभिनय रहेको म्युजिक भिडियोको शक्ति प्रज्वल घिमिरेको छायाङ्कन तथा प्रविन थापाको निर्देशन रहेको छ । “सिरु फुल्यो सेतै छ” को सफलताको हाम्रो तर्फबाट पनि शुभकामना । । ।
(भिडियो सहित)