बैठक भत्ता जोगाएर बिद्यालयलाई शैक्षिक सामाग्राी प्रदान

  • प्रकाशित मिति: मंगलबार, बैशाख ४ २०७५
  • तामाकोसी खबर

ओखलढुंगा । वैशाख ४ गते, रामहरि श्रेष्ठ,
ओखलढुंगाको चम्पादेबी गाउपालिका १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले मासीक बैठक भत्ता जोगाएर एक बिद्यालयलाई शैक्षिक सामाग्राी प्रदान गरेका छन् । बुढाथोकीले ६ महिनाको बैठक भत्ता जोगाएर स्थानिय सुनकोशी माध्यमीक बिद्यालयलाई एक सेट कम्प्युटर सहित कपी,कलम,समान्यज्ञान सम्बन्धी पुस्तकहरु हस्तान्तरण गरेका छन् । गाउँपालिकाको एक महिनामा हुने तिन ओटा बैठकमा सहभागी हुदाँ २ हजार ५ सय ५० रुपौया पाउँने गरेका छन् ।
सोही क्रममा बिभिन्न संघसंस्थाले कार्यक्रममा बोलाएको भत्ता बापत प्रप्त रकम,वडा सचिब र सदस्यहरुको केही रकम जोडेर बिद्यालयलाई २८ हजार रुपैया बराबरको शैक्षिक सामाग्री प्रदान गरेको वडा अध्यक्ष बुढाथोकीले बताए । राज्यले दिएको शेवा सुविधा शिक्षामा लगानी समृद्ध भविश्यको खोजी भन्ने अभियान मार्फत आफुले शैक्षिक सामाग्री हस्तान्तरण गरेको उनको भनाई छ । उनले आफ्ना वडाका बिद्यार्थीहरुले शैक्षिक सामाग्रीको अभाव झेल्नु नपरोस् भन्ने उदेश्य राखेका छन् ।