रामेछाप । चैत २० गते,
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ५ गुन्सालमा एकीकृत बस्ती निर्माण हुने भएको छ । २०७२ सालको महा भूकम्पले क्षेती गरेको ३५ घर परिवारका लागि स्थानीय सेतीदेवी जनजागृति युवा समाजको अगुवाइमा एकीकृत बस्ती बन्न लागेको हो । मंगलबार सदरमुकाम मन्थलीमा संस्थाले पत्रकार सम्मेलन गरी निर्माण गर्न लागेको एकीकृत बस्तीको सम्पुर्ण प्राविधिक स्टमेट तयार भएकाले बस्ती निर्माणको काम सुरु गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा सेतीदेवी जनजागृति युवा समाजका उपाध्यक्ष निर बहादुर श्रेष्ठले आफुहरुले निर्माण गर्न लागेको एकीकृत बस्तीमा ३ कोठे बराण्डा भएको ३५ वटा घर बन्ने बताए । 
उनले एकीकृत बस्तीमा घर सहित आवश्यक खेल मैदान, सामुदायिक भवन , सडक र मठ मन्दिर समेत बन्ने । उनले २०७५ बैशाख १ गतेबाट निर्माण कार्य सुरु हुने एकीकृत बस्ती २३ रोपनी जग्गामा निर्माण हुने बताए । संस्थाका सचिव प्रज्वल श्रेष्ठले एकीकृत बस्ती निर्माणका लागि ३ करोड ३२ लाख ५० हजार बजेट लाग्ने प्राविधिकले स्टमेट गरेको बताए ।
सचिव श्रेष्ठका अनुसार एक घर निर्माण हुनका लागि ९ लाख ५० हजार रकम लाग्नेछ । जसमा नेपाल सरकारले उपलब्ध गराएको भूकम्पपिडित अनुदान रकम प्रत्यक घरको ३ लाखका दरले हुन आउने १ करोड ५ लाख खर्च हुनेछ भने अन्य लाग्ने रकम संस्थाले जुटाउने छ । एकीकृत बस्तीको ढल , बक्ति र पानीको व्यवस्थापन सहरी विकासले गर्ने आश्वसन दिएको संस्थाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
रामेछापको दोरम्बा गाउँपालिका ५ गुन्सालमा एकीकृत बस्ती बन्ने
- प्रकाशित मिति: मंगलबार, चैत्र २० २०७४
- तामाकोसी खबर