काठमाण्डौ । चैत २० गते,
प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक ४ बजे बस्दै छ । प्रधानमन्त्री ओलीले दुवै सदनका बैठकलाई सम्बोधन गरेपछि बैठक अन्त्य भएको घोषणा गर्ने तयारी भएको छ ।
प्रधानमन्त्रीले सम्बोधनका क्रममा संसद् बैठकलाई आफ्नो भारत भ्रमणको तयारीलगायतका विषयमा जानकारी दिने बताइएको छ । मंगलबारको बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन र चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक फागुन २१ गते बसेको थियो । मंगलबारसम्म राष्ट्रियसभाका १० वटा र प्रतिनिधिसभाका ११ वटा बैठक हुने छन् ।
संघीय संसदको पहिलो अधिवेशन अन्त्य हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- प्रकाशित मिति: मंगलबार, चैत्र २० २०७४
- तामाकोसी खबर