कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन

  • प्रकाशित मिति: मंगलबार, चैत्र २० २०७४
  • तामाकोसी खबर

काठमाडौं, चैत २० – वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।

६७ वर्षीया सुवेदीको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । क्यान्सर रोग पीडित उहाँलाई  ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।



अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उहाँको मंगलबारै अन्त्येष्टि गरिने कलाकार किरण केसीले जानकारी दिनुभयो । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उहाँको जन्म भएको थियो ।

-ujyaalo