लेखक : विनोद कुमार श्रेष्ठ ( प्रकृति )
“ मेरो देसमा हरेक निर्बाचनपछि सरकार बद्लिएको ईतिहास छ ! चाहे बहुमतिय होस या गठ्बन्धनको नयाँ सरकार सङै नया मन्त्रालय अनि नया मन्त्रीहरुको आउने अनि जाने क्रम चलिरहेको छ । सबैले गुलिया अनि रसिला आस्वासनहरु बढिरहेकै छ्न् तर न यो देस बदलिएको छ नत मेरो जीवन स्तर नै बद्लियको छ ! बद्लियको छ त केबल उहीँ मौसम अनि समय । यो समय बदलिएर आज विश्व एउटा गाउँको रुपमा बिकास भैसकेको छ भने त्यहि भित्रका केही मानिसहरु आफ्नो सुरक्षित बासस्थानको लागि अर्को विकल्प खोज्न थालिसकेका छन् । तर म त्यति ठूलो बैज्ञानिक अनुसन्धान को परिकल्पना त के सपना सम्म पनि देख्न सकिरहेको छैन ! साच्चै म एउटा विश्व मानचित्रमा हराएको डार्बिनको सिदान्तको एउटा सानो परमाणु को अंसको रुपमा आफुलाइ चित्रण गर्दछु ! मेरो बुबा आमाले मलाई जन्म दिनुभो ,अनेक दुख कष्ट सहेर मलाइ हुर्काउनु भो ,पढाउनु भयो ,अनि जागिर खान सक्ने बनाउनु भयो र असलियतमा मलाइ यो देस को असल नागरिक बनाउन हरसम्भव कोसिस गर्नुभयो ।
म पनि उहाँहरुको असल अनुपम बात्सल्यमा हुर्कदै गए, अनि आफुलाइ समय परिस्थिति अनि बाध्यताले चाहेको एउटा पात्रको रुपमा चित्रण गर्दै गए । वास्तबमा भोगाइको त्यो केन्द्रबिन्दुमा पुगे साहेद त्यही नै मेरो वास्तविक जीवन थियो !
२०६२ सालको एस.एल.सी परिक्षापछि गाउँबाट अध्ययनको सिलसिलामा राजधानी काठमाडौ प्रस्तान गरे । मेरा लागि त्यो सहर साचिकै नौलो र अनौठो थियो त्यसमा पनि म सानै देखि अन्तरमुखी स्वाभाबको मान्छे थिए । धेरै नवोल्ने मेरो स्वभाव थियो । साचै भन्दा बोल्दा खेरी डर नै लाग्थ्यो ! यतिकैमा कक्षा ११ मा भर्ना भएर अध्यन गर्न थाले एस.एल.सी मा कम अंक आएकोले अङ्ग्रेजी र गणित मा म निकै कमजोर थिए । अहिले पनि कमजोर छु । अध्ययनको क्रममा देखिएको यो कमजोरिले अहिले पनि मलाइ बेला बेलामा अप्ठेरो पार्ने गर्छ ! सुरुसुरुमा मलाइ त्यो सहरी कलेजको बाताबरन पचाउन निकै गारो परेको थियो । तर बिस्तारै बानी पर्न थालेको थियो सोहि क्रममा मेरो चिनजान केही दाइ दिदी हरुसङ भयो । उहाहरु म भन्दा धेरै माथिल्लो कक्षा को हुनुहुन्थ्यो । उहाँहरुले विभिन्न कर्यक्रमहरुको आयोजना गर्नु हुन्थ्यो र मलाइ पनि सहभागी गराउनु हुन्थ्यो । यसैगरि रमाइलो गर्दै मेरो कलेज जीवन बितिरहेको थियो । यो सङगै मैले १० जोड दुई को अध्ययन पूरा गरे । अब म भित्र एउटा चिन्ताले गहिरो रुपमा बाँस गर्न थालेको थियो । साहेद त्यो चिन्ता मेरो मत्र नभएर म जस्ता हजारौ विद्यार्थीहरुको चिन्ता थियो । पढ्न त १० जोड दुई पास गरियो । अब जागिर के गर्ने भन्ने चिन्ताले सताउन थाल्यो ! सानो तिनो जागिर खानको लागि पनि कि त आफ्नो मन्छे हुनुपर्ने कि त कसैको भनसुन हुनैपर्ने । बुढा पाकाले भनेको सुनेथे छाँया त ठूलो रुखको लिनु राम्रो तर तेस्तो ठूलो रुख मेरो भन्ने कोहि थिएन ! वास्तबमै आम मानिसको यथार्थ भोगाइ मैले पनि सामना गर्नु परिरहेको थियो ! धेरै ठाउमा जागिरको लागि कोसिस गरे तर अह म कसैको बिस्वासमा पर्न सकिन । अबत घरबाट खर्च पनि आउन छाडिसकेको थियो । जे गर्नु थियो आफैले गर्नु थियो त्यो बेला केबल म सङ थियो त तेहि पढेको सर्टि्फिकेट । त्यस्लाइ लिएर म धेरै अफिस हरुमा पुगे । अनि जागिरको लागि गुहारे तर अह म सफल हुन सकिन । हिड्दा हिड्दा भोक लाग्थ्यो खाजा खाने पैसा थिएन ,तिर्खा लाग्थ्यो पानी किन्ने पैसा थिएन ,घाम लागेर गर्मीले पसिना पसिना हुन्थे अनि पानी परेर निथरुक्क हुन्थे ,तर त्यलाई छेक्न छाता किन्ने म सङ पैसा थिएन ! अबत म राती सुतेको बेलामा सपनामा समेत आफुलाइ भिख मागिरहेको अवस्थामा देख्न थालिसकेको थिय ! मेरो पढाइले मलाइ जागिर दिलाउन सकेको थिएन । लाग्थ्यो यसरी भोक भोकै तनाबमा बाचेर पढ्नु भन्दा भारी बोकेर भयपनी सन्तुस्टिको जीवन जिउन पाए हुन्थ्यो । कमसेकम पेट्भरी खान त पाइन्न्थ्यो । यस्तै सोचाइ मनभरि आउन थाल्यो !! देश गृह्युद्द्को चपेटाबाट सान्ती प्रकृयामा आउदै थियो कता बाह्र बुदे सहमती पछि तत्कालिन क्रन्तिकारी शक्ति र सरकार बिच सान्ती सम्झौता भएको कुरा आम नागरिकमा पनि फैलिसकेको थियो ! हिजो सम्मको रक्तपात पुर्ण देश ,भाइ भाइ बिचको शसस्त्र दोन्द्ध अन्त्य भएको थियो । कसैले कसैलाइ शंकाको दृस्टिले हेर्नुपर्ने अवस्था थिएन । तर म जस्ता धेरै विद्यार्थीहरुको घरमा हात मुख जोर्नको लागि धेरै दुःख परिश्रम गर्नुपर्ने अवस्था जिउ का तिहु थियो । भनौ त्यो शसस्त्र दोन्द्ध पछित त्यो अवस्था चरमचुलिमा पुगेको थियो !
गाउँ गाउँ बाट सबै कामगर्न सक्ने जनशक्ति हातमुख जोर्न र खरले छाएको झुप्रो घरलाइ टिनले छाउने सपनाको साथ बिदेश जानको लागि आतुर देखिन्थे । हिजोमात्र तल्लो घरको जेठो मलेसिया उड्यो भन्ने खबर मैले पनि सुने अस्तिमात्र पल्लो गाउको म सङै स्कुल पढेको कान्छो पनि साउदी गयो भन्ने कुरा बिर्सेको थिइन ! यो सबै तथ्यले मलाइ पनि बिदेश जाने रहर जाग्न थाल्यो काठमाण्डौ को काहाली लाग्दो सहरी बसाइलाई केही रहरलाग्दो बनाउन सकिन्छ्की भन्ने परिकल्पना गर्न थाले । तर त्यो सपना केवल मेरो सपनानै रह्यो ! किनकी म नसासम्बन्धी गम्भीर रोगबाट पिडित भए । जसले गर्दा आजसम्म पनि म शारारिक काम राम्रो सङ गर्न सक्तिन । बिस्तारै गाउँ घर रित्तिन थाल्यो ,घर का बलिया बङ्गा मान्छेहरु बिदेशिन थाले ,घर घरमा केटा केटि र बुढा बुडि मत्र थिए । लाग्थ्यो जुन घरबाट एक न एक जना बिदेश गएको छैन त्यो घरको टिनको हुने छैन , चुलो बल्ने ग्यारेन्टी छैन ! साचै अहिले पनि तेहि अवस्था छ, हाम्रो देशको अधिकांस ग्रामिण क्षेत्रको यो तितो सत्यपनी यहि हो ! रोगले ग्रसित भएर बल्ल बल्ल बाचेको यो जिन्दगी केही गर्न सक्ने आट नभए पनि मनोबल उच बनाउने कोसिस मा छु । कहिले काहीँ विश्वासका सफल ब्यक्तित्व हरुको जीवन कथा अध्यन गर्छु । साचै सङघर्षपुर्ण तथ्यहरु बाहिर आउँछ ,उनिहरुको सफलता र लगनसिलताले कता कता मालाइ पनि प्रेरणाको काम गरेको छ कि जस्तो लाग्छ ! अहिले भर्खरै हाम्रो देशको राजनितिक माहोल फेरिएको छ । धेरै पछि देशले र जनताले स्थायी सरकार पाएको छ ,भने केही आसाको सन्चार भएको छ ,राम्रा राम्रा मान्छेहरु या भनौ क्षेमतावान मान्छेहरु केही गर्न र गराउन सक्ने ठाउँमा पुगेका छ्न ,अब यो देशमा केही परिबर्तनको आसा गरौकी जस्तो मलाइ पनि लागेको छ । अब हेर्दै जाउँ मेरो देशले कक्तिको काचँुली फेर्छ अनि म जस्ता आर्थिक हैसियत नभएको आम व्यक्तिले कहिले सम्म आफ्नो ब्यावसायको लागि ग्राहक आवश्यकताको सूचना बारम्बार प्रकाशित गर्नु पर्दैन ! जय देश !
प्रकाशन मिति २०७४ चैत १३ गते,
कथा : ग्राहक आवश्यकताको सूचना
- प्रकाशित मिति: मंगलबार, चैत्र १३ २०७४
- तामाकोसी खबर