ओखलढुंगामा छोराको खुकुरी प्रहारबाट बुबा गम्भिर घाईते

  • प्रकाशित मिति: शनिबार, चैत्र १० २०७४
  • तामाकोसी खबर

ओखलढुंगा । चैत १० गते, रामहरि श्रेष्ठ,
छोराको खुकुरी प्रहारबाट ओखलढुंगामा एक जना गम्भिर घाईते भएका छन् । खजिदेम्बा गाउँपालिका ८ खिजिकातिका २५ बर्षिय छोरा जीवन सुनुवारको खुकुरी प्रहारबाट ५० बर्षिय बुबा गुमान सिंह सुनुवार गम्भिर घाईते भएका हुन् । शुक्रबार बेलुका सामान्य घरायसी बिवादका कारण छोरा जिवनले खुकुरी प्रहार गरेको खजिदेम्बा गाउँपालिका ८ का वडा अध्यक्ष नगेन्द्र बस्नेतले बताए । खुकुरी प्रहारबाट गुमानसिंहको शरिरका टाउको,हात र घाँटी तथा खुट्टामा गहिरो चोट लागेको छ । छोराको खुकुरी प्रहारबाट गम्भिर घाईते भएका उनलाई शुक्रबारैै हेलिकप्टर चार्टर गरी उपचारका लागी काठमाण्डौ पठाईएको वडा अध्यक्ष बस्नेतले बताए । अहिले घाईते गुमानसिंहको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको बस्नेतले बताए । आफ्नै बुबालाई खुकुरी प्रहार गरि गम्भिर घाईते बनाउने छोरा जीवनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय ओखलढुंगा ल्याईएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।