रामेछाप । चैत ९ गते, नवराज पथिक,
रामेछापको मन्थली नगरपालिकाको आर्थिक बर्ष २०७४÷ ०७५ को दोश्रो चौमासिक अवधिसम्मको सम्रग विकास र सार्वजनिक सेवा प्रवाहको अवस्थाको विषयक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार मन्थलीको चिसापानी जखनीटारमा सम्पन्न भएको छ ।
मन्थली नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले नगरपालिकाले यस आर्थिक वर्षको ८ महिनामा गरेको कामको बारेमा जानकारी गराएका थिए । नगरपालिको कार्य प्रतिबारे जानकारी दिँदै प्रमुख बस्नेतले यस वर्ष नगरपालिकाबाट ८ सय ३३ वटा योजनाहरु सञ्चालनमा रहेका बताए । ति मध्ये ६ सय ६१ वटा योजनाहरु सम्झौता भएर कार्यअघि बढी सकेको उनले जानकारी दिए । यी मध्ये पनि २ ४७ वटा योजनाको कार्यसम्पादन भई सकेको उनले जानकारी दिए ।
नगरपालिकाको पुँजिगत खर्च हालसम्म २ करोड ८५ लाख १३ हजार र चालु तर्फ १ करोड ३ लाख ८७ सहजार खर्च भएको उनले जानकारी दिए । २०७४ को फागुन मसान्तसम्म आन्तरिक तर्फको आम्दानी १ करोड १२ लाख १८ हजार रुपैयाँ भएको पनि उनले जानकारी दिए ।
कार्यक्रमका सहभागिहरुले खानेपानी , सडक, सिँचाई, पुननिर्माण लगायतको क्षत्रलाई व्यवस्थित गर्न नगरपालिकाको ध्यान जानु पर्नेमा जोड दिएका थिए । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भानुभक्त न्यौपानेले नगरपालिकाले गरी रहेको काममा नागरिकहरुको प्रतिक्रिया लिई अघि बढ्नको लागि सार्वजनिक सुनुवाई आयोजना गरिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति सामेछापका सदस्य गणेश माझी लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण सान नेपालका अध्यक्ष उमंग मैनालीले गरेका थिए ।
रामेछापको मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई
- प्रकाशित मिति: शुक्रबार, चैत्र ९ २०७४
- तामाकोसी खबर