रामेछाप । चैत ८ गते,
विहिबारबाट सुरु भएको एसइई परिक्षामा रामेछाप जिल्लाको धोवी परिक्षा केन्द्रबाट एक क्रियापुत्रीले समेत परिक्षा दिएका छन् । धोवीमा रहेको झटेश्वर मावि परिक्षा केन्द्रबाट ५ दिनका कृयापुत्री सवन महतले परिक्षा दिएको विद्यालय श्रोत व्यक्ति बिरेन्द्र सहनीले बताए । मन्थली माविबाट परिक्षामा सहभागि महतका बाबुको ५ दिन अघि मृत्यु भएपछि उनी कृयामा बसेका थिए । कठजोर स्थित निलकण्ठेश्व मावि स्रोत केन्द्रबाट परिक्षा दिनु पर्ने महतलाई घर पायकमा रहेको झटेश्व मावि परिक्षा केन्द्रमा परिक्षा दिने व्यवस्था मिलाएको थियो ।
उनले झटेश्वर मावि परिक्षा केन्द्रबाट परिक्षा दिएका भए पनि कपि भने निलकण्ठेश्वर परिक्षा कन्द्रकै पोकामा समावेस गरिने सहनीले बताए । यस वर्षको एसइइ परिक्षामा रामेछाप जिल्लाबाट १ हजार ७ सय ६७ छात्र र २ हजार ८३ छात्रा गरि कुल ३ हजार ८ सय ५० विद्यार्थीहरुले परिक्षा दिई रहेका छन् । जिल्लामा २१ वटा परिक्षा केन्द्र रहेका छन् । पहिलो दिन विहिबार अंग्रेजी विषयको परिक्षा जिल्ला भरिनै शान्तिपूर्ण रहेको जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले जानकारी दिए ।