रामेछाप । चैत ५ गते ,
रामेछापको खाँडादेवी गाउँपालिकाकी एक महिलाले सौताको रिशमा आप्mनै घरमा आगो लगाउँदा ४ वर्ष र २ वर्षका २ बालबालिकाको मृत्यु भएको छ । घरमा आगो लगाउँदा उनकै २ छोराछोरीको मृत्यु भएको हो । 
खाँडादेवी ६ माकादुम पन्नेचौरकी दिलबहादुर खत्रीकी जेठी पत्नी २५ वर्षिया ताराकोसीले आइतबार राति पति र सौताको रिशमा छोराछोरी सहित जलेर मर्ने भन्दै २ छोराछोरी सहित बस्दै आएको आप्mनो कटेरोमा आगो लगाकि थिइन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार थापाका अनुसार राती साढे १० बजे तिर छोराछोरी निदायपछि उनले कटेरोमा आगो लगाउँदा सुतिरहेको अवस्थामा उनका ४ बर्षिय छोरा बिपिन खत्री र २ बर्षकी छोरी रमिता खत्रीको जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार आगो लगाउने तारा केसीले पनि लगाएका लुगा डढ्नुका साथै आगोले सामान्य पोलेको छ ।
आगो लगाउने तारा केसी आप्mनो पतिले कान्छी पत्नी ल्याएपछि छुट्टै बसोबास गर्दै आएकी थिइन् । पतिले अर्की पत्नील्याई आपूmलाई हेला गरेकोले छोराछारी र आपूm पनि मर्ने भनि आगो लगाएको प्रारम्भिक बयान दिएको थापाले बताए ।
उनका अनुसार आगो लगाउने तारा केसी र उनका पति दिल बहादुर खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।
आगोलागीमा परी मृत्युभएका २ बच्चाको शब सदरमुकाम मन्थली ल्याइएको प्रहरीले जनाएको छ । आगो लगाउने तारा केसी पति दिल बहादुर खत्री र उनकी कान्छी पत्नी बसेको स्थानभन्दा १ सय मिटर पर बाँसको टहरो बनाएर एक छोरा र एक छोरीका साथमा बस्दै आएकी थिइन् ।
रामेछापको खाँडादेवीमा सौताको रिशले दुई छोराछोरी जले
- प्रकाशित मिति: सोमबार, चैत्र ५ २०७४
- तामाकोसी खबर