रामेछाप । चैत १ गते,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युननियन अनेरास्ववियु रामेछापले मन्थली सहिद स्मृती बहुमुखी क्याम्पस प्रशासनलाई राजनीति नगर्न चेतावनी दिएको छ ।
अनेरास्ववियु रामेछापका सचिवालय सदस्य पुष्कर भट्टराईद्वारा विहिवार जारी विज्ञप्तीमा बुधबार क्याम्पस प्रशासनले स्वतन्त्र विद्यार्थी युनियन स्ववीयुले व्यवस्थापन संकाय तर्फका चौथो बर्षका विद्यार्थीहरुलाई विदाई गर्ने र रक्त समुह परिक्षण गर्ने कार्यक्रम तय गरेपनि नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुको उक्साहटमा क्याम्पस प्रशासनले स्ववीयुलाई कार्यक्रम गर्न नदिएर अफैले कार्यक्रम गरेको अनेरास्ववियुको आरोप छ । स्ववीयुमा अनेरास्ववियुको बलियो पकड देखेर नेविसंघ र क्याम्पस प्रशासन स्वतन्त्र विद्यर्थी युनियनको विरुद्धमा लागेको विज्ञप्तीमा भनिएको छ । आगामी दिनमा हस्तक्षेपकारी गतिविधि दोहोराए प्रतिरोध गर्ने विज्ञप्ती मार्फत चेतावनी समेत दिएको छ ।
मन्थली क्याम्पस प्रशासनलाई राजनीति नगर्न अनेरास्ववियु रामेछापको चेतावनी
- प्रकाशित मिति: बिहिबार, चैत्र १ २०७४
- तामाकोसी खबर