दोलखा । फागुन १८ गते,
दोलखामा शुक्रबार ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा भूकम्प गएको खानी तथा भूगर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।गत फागुन ९ गते बिहान काठमाडौंको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु भई ३.६ रेक्टरको परकम्प गएको थियो । गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ४९१ वटा परकम्प गएको छ ।
चार रेक्टर स्केलभन्दा मुनिका परकम्प दिनहुँजसो गइरहेका छन् । चारभन्दा माथिको मात्र रेकर्ड हुने भएकाले साना परकम्पलाई सतर्कताका लागि मात्र विवरण दिने गरिएको छ ।
दोलखामा ४.६ रेक्टर स्केलको भूकम्प
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन १८ २०७४
- तामाकोसी खबर