मन्थली क्याम्पसमा होली विशेष कार्यक्रम

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १६ २०७४
  • तामाकोसी खबर

रामेछाप । फागुन १६ गते,
रामेछापको सदरमुकाम मन्थलीमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पसमा बुधबार होली बिशेष कार्यक्रमको आयोजना गरिएको छ । स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको कार्यमक्रममा क्याम्पसका विद्यार्थीहरुले एकआपसमा फागु अथवा सप्तरङगी रङ लगाएर शुभकामना आदान प्रदान गरेका थिए ।
स्वतन्त्र विद्याथी यूनियनका अध्यक्ष कपिल मगरको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र वियोगी , क्याम्पस उपप्रमुख नारद थाप , पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री , अनेरास्ववियूका नेता पुष्कर भट्राई , अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष जयदिप मगर लगाएतले फागु पर्वको महत्वको बारेमा बोलेका थिए ।
विद्यार्थीहरुले फागु पर्वलाई मनाएर नेपाली संस्कृतिलाई जीवन्त राख्ने काम गरेको वक्ताहरुको भनाई थियो । कार्यक्रमको अवसरमा स्वतन्त्र विद्यार्थी यूनियनले क्याम्पसलाई आवश्यक खानेपानी राख्ने जार सेट हस्तान्तरन गरिएको थियो