होली पर्वलाई लक्षित गरी रामेछापको सुरक्षा व्यवस्थामा कडाई

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १६ २०७४
  • तामाकोसी खबर

रामेछाप । फागुन १६ गते,
जिल्ला प्रहरी कार्यालय रामेछापले होली पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाएको जनाएको छ । जिल्लाको सदरमुकाम मन्थली बजार लगाएत आसपासका ठुला बजार क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ भने रातीको गस्ती समेत बढाइएको जिल्ला प्रहरी कार्यालयका निमिक्त प्रहरी प्रमुख राजकुमार थापाले जानकारी दिए । यसैगरी राजमार्ग हुदै सदरमुकाम मन्थली भित्रने सिमाक्षेत्रमा उच्च निगरानी राखिएको समेत उनको भनाई छ । होलीको समयमा स्थानीय प्रशासन रोक लगाएको गतिविधि गर्नेलाई कानु्न् अनुसार कार्वाही गर्ने प्रहरीले जनाएको छ ।