रामेछाप । फागुन ७ गते,
रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका सोमबारबाट खुला दिसामुक्त गाउँपालिका घोषणा भएको छ । पकरवासकोे प्रायागेश्वर मावि प्राङगणमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद कैलश प्रसाद ढुंगेलले गाउँपालिकालाई खुला दिसामुक्त गाउँपालिका घोषणा गरेका हुन् । 
खाँडादेवी गाउँपालिकाको नौ वटै वडाका प्रत्यक घरहरुमा सौचालय बनेसंगै गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो । शौचालय बनाउन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछाप, सवल परियोजना, पहाडी समाज कल्याण केन्द्र दोरम्बा, सामुदायीक विकास समाज, सामुदायीक जनशक्ति विकास कार्यक्रम, सिर्जनशिल युवा समाज लगायतले सहयोग र सहजिकरण गरेका थिए । 
गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ रामेछापका प्रदेश सांसद शान्ति प्रसाद पौडेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, लिखु गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्मा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर नबराज सत्याल, खानेपानी उपभोक्ता महासंघका अध्यक्ष लेख बहादुर कार्की, गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भुवन कुमार श्रेष्ठ, सवल परियोजनाका बरिष्ठ कार्यक्रम संयोजक दिल बहादुर नेपाली, पहाडी समाज कल्याण केन्द्र दोरम्बाका अध्यक्ष रत्न प्रसाद कडेलले बोलेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद कैलाश प्रसाद ढुंगेलले घरघरमा शौचालय बनाउन आर्थिक , भौतिक र सहजिकरणमा सहयोग गर्ने सामाजिक संघ संस्थालाई धन्यवाद दिदै पुर्ण सरसफाई युक्त गाउँपालिका बनाउन आफू लागि पर्ने प्रतिवद्धता जनाए । खानेपानीको समस्या रहेका कारण सरसफाई अभियानमा चुनौती थपिन सक्ने भन्दै गाउँपालिकालाई खानेपानी सुविधा पुर्याउन विभिन्न परियोजनाहरु ल्याउने उनको भनाई छ । कार्यक्रममा बोल्दै प्रदेश क का साँसद शान्तिप्रसाद पौडेलले स्थानीय तहलाई सम्पन्न बनाउन सक्दो प्रयत्न गर्ने बताए
रामेछापको खाँडादेवी गाउँपालिका खुला दिसामुक्त बन्यो
- प्रकाशित मिति: सोमबार, फाल्गुन ७ २०७४
- तामाकोसी खबर