रामेछापमा विद्यालय पुननिर्माणमा ढिलाई, विद्यार्थीहरु जोखिम मोलेरै पढ्न बाध्य

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ५ २०७४
  • तामाकोसी खबर

रामेछाप । फागुन ५ गते ,
भूकम्पले क्षति पुगेका रामेछापका सामुदायीक विद्यालहरुको निर्माणमा ढिलाई हुँदा विद्यालयहरुमा जोखिम मोलेर नै पठनपाठन भई रहेको छ । पर्याप्त कक्षा कोठा नहुँदा विद्यालहरुले टहरा र असुरक्षित भनिएकै घरमा पठनपाठन गरि रहेका छन् । तीन वर्ष पछि आएको विनासकारी भूकम्पको कारण रामेछाप जिल्लाका ४ सय १९ वटा विद्यालयका भवनमा क्षति पुगेको छ । भूकम्पको कारण क्षति भएका विद्याल भवनहरुको पुननिर्माणले अझै गति लिन सकेको छैन । भूकम्पले क्षति पुर्याएका मध्ये एक सय भन्दा बढी विद्यालय भवनको निर्माणको कुनै पनि प्रक्रिया समेत सुरु हुन सकेको छैन । करिव ३ सय विद्यालय भवनहरु भने निर्माणको प्रक्रियमा रहेको पुननिर्माण प्राधिकरणको विद्यालय कार्यक्रम कार्यान्वय इकाइका प्रमुख हेमन्त बुढाथोकी बताउँछन् ।

जिल्लामा नेपाल सरकार, एशियाली विकास बैँक, युएनडिपि लगायतका संस्थाहरु तथा विभिन्न सामाजिक संस्थाहरुले विद्यालय भवन निर्माणको जिम्मा लिएका छन् । भारतिय दुतावासले १० वटा र चिनिया दुतावासले एक वटा विद्यालय भवन निर्माण गरिदिने प्रतिवद्धता जनाएका छन् । दुई वटा दुतावासले निर्माण गरिदिने भनेको सबैभन्दा क्षति भएका विद्यालयहरुको निर्माणको काम सुरुनै हुन सकेको छैन । अन्य विद्यलाय भवन निर्माणको कामले पनि गति लिन सकेका छैनन् । निर्माणका कामले तिब्रता नपाउँदा बालबालिकाहरु चिसा अस्थाई टहरा तथा असुरक्षित भनिएका भवनमा नै बसेर पढी रहेका छन् । शिक्षकहरु पढाई रहेका छन् ।



विद्यालय भवन नबनेकै कारण चारैतिरबाट हावा र चिसो छिर्ने अस्थाई टरहरोमा बसेर पढ्नु परेको श्री मावि फुलासी हर्रेचिण्डेका विद्यार्थीहरु बताउँछन् । जसले गर्दा पढाईमा समस्या तथा बारम्बार विरामी हुने समस्या आएको उनीहरु बताउँछन् । विद्यालय एशियाली विकास बैक मार्फत बन्ने जानारी आएको भए पनि निर्माण कार्य सुरु नभएको विद्यालयका प्रधानाध्यापक छत्रबहादुर खड्का बताउँछन् । कोठा नभएका कारण एउटा कक्षा चिसो टहरोमा तथा केही कक्षाहरु जोखिमपूर्ण भनिएकै भवनमा चलाउनु परेको उनी बताउँछन् ।