ओखलढुंगाको सिद्धीचरण नगरपालिकाले आफ्नो सेवालाई गुणस्तर बनाउदै

  • प्रकाशित मिति: सोमबार, माघ २९ २०७४
  • तामाकोसी खबर

ओखलढुंगा । माघ २९ गते,रामहरि श्रेष्ठ,
ओखलढुंगाको सिद्धीचरण नगरपालिकाले सेवाको गुणस्तर सुधार गरी अघि बढ्ने भएको छ । नगरपालिकाले विकास निर्माणलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षका सबै खाले विकास योजना फागुन मसान्तभित्र सम्झौता सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सबै वडा कार्यलयमा इन्टरनेट सेवा जडान गर्ने, नगरपालिकाको आर्थिक स्रोत बृद्धि गर्न पेश्की र बेरुजु शून्य बनाउने र एकिकृत सम्पति कर व्यवस्थित बनाउने पनि प्रतिवद्धता जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता पाउनेको फोटोसहित अभिलेख राख्ने, स्वास्थ्य र शिक्षाको गुणस्तरीयता कायम गर्ने, रुम्जाटार विमानस्थलमा उडान नियमित गर्न पहल गर्ने, भूकम्प पीडितले अनुदान प्राप्त गर्न भएका कठिनाइ समाधान गरी अनुदान सहजताका साथ उपलब्ध गराउने, निर्माण सम्पन्न भइ अनुदान नपाएका घरहरुको सुधार गरी अनुदान उपलब्ध गराउन पहल गर्ने र विद्युतिय बडा पत्र राख्ने प्रतिवद्धता जनाएको हो ।