खोटाङमा करेन्ट लागेर एकजनाको मृत्यु

  • प्रकाशित मिति: बिहिबार, माघ १८ २०७४
  • तामाकोसी खबर

खोटाङ, माघ १८– करेन्ट लाग्दा खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलका ३२ वर्षीय टंकनाथ निरौलाको ज्यान गएकाे छ । ३३ केभी हाइटेन्सनको बिग्रेको फ्यूँज हाल्नेक्रममा करेन्ट लाग्दा निरौलाको बिहीबार दिउँसो ज्यान गएकाे रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो ।

करेन्ट लागेर गम्भीर घाईते भएका निरौलालाई उपचारका लागि काठमाडौं लैजाने तयारी गर्दागर्दै ज्यान गएकाे  स्थानीयले बताएका छन् । अस्पताल लैजानका लागि काठमाडौंबाट हेलीकोप्टर चार्टर गरेर ल्याइए पनि हेलीकोप्टर चढाउने तयारीकै क्रममा घाईतेको ज्यान गएकाे गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो ।



@Ujyalo