मन्त्रिपरिषद बैठकः भूकम्प तथा बाढी पीडितहरुलाई १ लाख थप

  • प्रकाशित मिति: बुधबार, माघ १० २०७४
  • तामाकोसी खबर

१० माघ, काठमाडौं– सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ  । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।  बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदानस्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको  जनाइएको छ ।



बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तालाई समेत बढाउने निर्णय गरेको छ । त्यसैगरि यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्धभत्ताको उमेर संख्यालाई सरकारले घटाएको छ । सरकारले अब ६५ वर्षको उमेरभन्दा बढीलाई बृद्धभत्ता दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए । त्यसैगरि बैठकले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।