रामेछापमा आरन चलाउने परम्परागत पेशा संकटमा

  • प्रकाशित मिति: शुक्रबार, माघ ५ २०७४
  • तामाकोसी खबर

रामेछाप । माघ ५ गते , नवराज पथिक,
व्यवसायीकिकरण नहुँदा पराम्परागत रुपमा सञ्चालन हुँदै आएको आरन चलाउने पेसा संकटमा परेको छ । विश्वकर्मा समुदायले सञ्चालन गर्दै आएको आरन चलाउने पेसा संकटमा परेको हो ।
विश्वकर्माहरुले आरन चलाएर घरेलु प्रयोगका सामानहरुका साथै कुटो, कोदालो, हँसिया, खकुरी, बच्चरो लगायतका सामानहरु बनाउने गर्दछन् । सो काम लगाएबापत स्थानीयहरुले उनीहरुलाई वार्षिक रुपमा केही पाथी अन्न दिने गर्दछन् । जसलाई वाली प्रथा भनिन्छ ।
श्रम अनुसारको ज्याला नपाइने तथा खलाति बनाउने छाला र फलाम तताउने गोलको समेत अभाव भए पछि सो पेसा संकटमा परेको पेशामा संलग्न विश्वकर्माहरु बताउँछन् । हावा दिने आधुनीक मेशिन तथा गोलको लागि स्थानीय तहले सहयोग गरी व्यवसाय प्रवर्धनको लागि सहयोग गर्नु पर्ने उनीहरुको भनाई छ । यसो गर्न सक्यो भने आपूmहरुले व्यवसायिक रुपमा काम गर्न सक्ने उनीहरु बताउँछन् । प्राचिन कालदेखि नेपालीको दैनिक आवश्यकताका सामानहरु बनाएर खाँचो टादैँ आएका यो समुदायको पेशा जोगाउन स्थानीयन तहको ध्यान जानु आवश्यक छ ।