गोलभेंडा क्रान्तिले रामेछाप फुलासीका ध्रुव बहादुरकोे जीवन बन्यो

  • प्रकाशित मिति: बिहिबार, माघ ४ २०७४
  • तामाकोसी खबर

रामेछाप । माघ ४ गते, नवराज पथिक,
ध्रुबबहादुर अधिकारी सुख खोज्दै रामेछापबाट २०५५ सालमा भारतको राजस्थान पुगे । राम्रो कमाउने र सुखसँग बाँच्ने सपना लिएर उनी गए थिए । ‘मेरि आम्मै कहाँको सुख हुनु । त्यो त नर्क जस्तो पो रहेछ’ ध्रुवबहादुरले भने । गर्मिले पाकेर एकपत्र छाला पुरै गयो । होटलको काम, अर्काको जुठो भाँडा माभ्mनु पर्ने, काम अलिकति विगार्दा पनि साहुको गालि खानु पर्ने, पेसा भने पकेट खर्च पनि नधान्ने । ध्रुवको स्वाभिमान राजस्थानको मरुभूमिमा टिकेन । उनी ६ महिनामै नेपाल फर्किए। राजस्थानबाट घर फर्किएपछि केही वर्ष उनी घरमा नै बसे । तर काम के गर्ने ? उनले केही मेसो पाएनन् । के हिन केहि त गर्नै पर्यो, उनी गाउँमा शान्तसँग बस्न सकेनन् । फेरी सुखको खोजी गर्दै काठमाडौँ पसे । कुरा २०६० साल तिरको हो ।
अहिले नेपालमा सर्वत्र गोलभेंडा खेति भइरहेको छ तर माग अनुसार उत्पादन हुन सकिरहेको छैन, खासगरी बेमौसममा । यसको अर्थ के हो भने बेमौसमी गोलभेंडा खेति गर्ने हो भने फाइदै फाइदा छ । तर, फाइदाका लागि मेहेनत चाहिँ गर्नुपर्छ । डिग्री पढेकाहरुले काम नपाएको काठमाडौंमा साधारण लेखपढ भएका धु्रबबहादुरले गतिलो काम के पाउनु रु कामको खोजिमा उनी काठमाडौंका गल्लीगल्ली भौंतारिए । भनेजस्तो काम पाएनन् । अन्ततः सुरक्षा गार्डको काम पाए । यो कामले मामभन्दा धेरै केही दिएन । त्यसपछि केही वर्ष खैनी कारखानामा काम गरे । त्यहाँ पनि सोचे जस्तो कमाई र चाहेजस्तो सम्मान भएन । काठमाडौँमा मन अडेन । ०६८ मा फेरी आप्mनै माटोमा फर्किए । आप्mनै गाउँ आए । ‘एकातिर कमाउन सकिएन । अर्का्तिर घरमा बिजोग, छोराछोरीको पढाई पनि त्यतिकै भद्रगोल, त्यसैले गाउँ आएँ’, ध्रुवले भने । कतै पनि मन नअडेर घर फर्किएका ध्रुवले केही महिना अन्यौलमै बिताए । घर व्यवहार चलाउन केहि न केहि गर्नै पर्यो । थाले गोलभेंडा खेति । आफ्नै घर मन्थली नगरपालिका–१३ फुलासी हर्रे्चिण्डेमा ।
०६९ मा खेति थाले। ०७० बाट पूरै व्यावसायिक रुपमा खेती थाले । तीन रोपनी बारीमा प्लास्टिकको टहरामा गोलभेडा र तरकारी खेती लगाए । यही खेतिले उनको जीवनमा क्रान्ति गर्यो । दिनमा लाखौँ रुपैयाँको कारोवार गर्नेहरुका लागि ध्रुवको कमाई नगन्य होला तर एउटा सर्वसाधारण नेपालीका लागि यो सन्तोषजनक छ । तरकारी खेतीबाट उनी सबै खर्च कटाएर अनि परिवारलाई मज्जासँग पालेर बार्षिक दुई लाख रुपैयाँ भन्दा बढि नै आम्दानी गर्छन् । यो पाँच वर्षमा घरव्यवहार सप्रिएको छ । छोराछोरीको पढाई सुध्रिएको छ । भन्छन्, ‘आपूmले राम्रो पढ्न सकिएन, अब यही तरकारी खेतीले छोरोछारीलाई राम्रो पढाउँछु।’
सुरुमा जिल्ला कृषि विकास कार्यलय रामेछापले गोलभेडा खेती सम्बन्धि तालिम दिएको थियो । अहिले सिर्फ तीन रोपनी जग्गामा लगाएको खेतिवाट मासिक २ क्वीन्टल भन्दा बढी गोलभेडा र अन्य तरकारी बजार पुर्याउँछन् । हो, उनी गोलभेंडा बाहेक अन्य तरकारी पनि रोप्छन् । ६ वटा प्लाष्टिक टनेल भित्र लगाईएको गोलभेडा किन्न रामेछाप सदरमुकाम मन्थली, दोलखाको चरिकोट लगायतका ठाउँबाट व्यापारीहरु बारीमै आउने अधिकारीको भनाई छ । ‘बेमौसमा व्यापारीहरु बारिमै आउँछन् । अन्यत्र पनि उत्पादन हुने सिजनमा भने बजारसम्म पुर्याउनु पर्छ’, उनले भने । गोलभेडा खेतिकै कमाईले सिंचाई सुविधा भएको खेत समेत किनेका छन् । त्यो खेतमा पनि तरकारी खेति नै गर्ने योजनामा छन् ।
गोलभेंडा युग
नेपालमा अहिले गोलभेंडाको युग छ भने पनि हुन्छ । हाम्रो कथाले गोलभेंडा खेति गरेर मालामाल हुने अन्य केही मेहेनतीहरुको कथा प्रकाशित गरिसकेको छ । अहिले नेपालीको भान्सामा नभई नहुने तरकारी बनेको छ गोलभेंडा । होटल रेष्टुराँलाई नभई नहुने तरकारी बनेको छ गोलभेंडा । अर्थात्, गोलभेंडाको माग व्यापक छ । मानिसको मुखले मौसम भन्दैन, बेमौसममा पनि मौसमी तरकारी खोज्छ । यही कारण गोलभेंडा खेतिले गाउँगाउँमा महेनेती किसानहरुको जीवनमा चमत्कार गरिरहेको छ । गोलभेंडा फल्ने मौसममा मात्र होइन, बेमौसममा पनि पनि प्रचुर माग हुन्छ । त्यसैले बेमौसमी गोलभेंडा खेतिले झन धेरै फाइदा दिन्छ । थोरै जग्गाबाट पनि धेरै मुनाफा लिन सकिन्छ ।
साभार हाम्रो कथा अलाइन