रामेछापको मन्थलीमा बक्तृत्वकला प्रतियोगिता

  • प्रकाशित मिति: शुक्रबार, पुष २८ २०७४
  • तामाकोसी खबर

रामेछाप । पौष २८ गते,
सामुदायीक सेवा केन्द्र मन्थलीको आयोजनामा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रबार मन्थलीमा सम्पन्न भएको छ । सामुदायीक सेवा केन्द्र मन्थलीका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्थलीका ५ वटा विद्यालयका ७ जना विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगितामा मन्थली माविकी छात्रा सुप्रभा सुवेदी, कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलका छात्र कौशल कार्की र लिटल स्टार इङलिस स्कुलकी छात्रा अस्मि थापा क्रमश प्रथम, द्वितिय र तृतिय भएका थिए । लागु औषधको प्रयोगकले व्यक्ति, समाज तथ समुदाय र वातावरणमा पार्ने प्रभाव र त्यसबाट बच्ने उपायको बारेमा प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई क्रमश नगद १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार तथा सहभागि सबै विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी विद्यार्थीहरुलाई मन्थली माविका प्रअ टंकप्रसद दाहालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता सञ्चालनको लागि मन्थली बचत तथा ऋण सहकारी संस्था मन्थलीले सहयोग गरेको सामुदायीक सेवा केन्द्रका कोषाध्यक्ष सुरेश उदासले जानकारी दिए ।
यसै बिच रामेछापको खाँडादेवी गाउँपालिका अन्तर्गत गागल भदौरे स्थित भारती मावि मेगर्पाको आयोजनामा आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ५ वटा विद्यालयहरुको सहभागिता रहेको सो प्रतियोगितामा आयोजक भारती मावि प्रथम, मनकामना प्रवि धुले द्वितिय, चिरङखु प्रावि तृतिय र मानेडाँडा माविले सान्तोना स्थान हाँसिल गरेका छन् । विजेता विद्यार्थीहरुले क्रमश ः एक हजार, ८ सय, ५ सय र शैक्षिक सामाग्रि पुरस्कार प्राप्त गरेका विद्यालय प्रअ रामबहादुर श्रेष्ठले जानकारी दिए । विजेतालाई जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले पुरस्कार वितरण गरेका थिए ।