नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियशन रामेछापको अध्यक्षमा बस्नेत ( पदाधिकारीमा को को ? )

  • प्रकाशित मिति: बुधबार, पुष २६ २०७४
  • तामाकोसी खबर

पौष २६ गते, रामेछाप ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियशन रामेछापको अध्यक्षमा ध्रुवकुमार बस्नेत सर्बसम्मत चयन भएको छ । बुधबार मन्थलीमा भएको ११ औ जिल्ला भेलाले नयाँ कार्यसमितिको अध्यक्षमा ध्रुर्वकुमार बस्नेतलाई चयन गरेको हो ।

जिल्ला अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष एवं कार्यक्रममा प्रमुख अतिथि जिवन नाथ भट्टाराइले निजामति कर्मचारी र अतिरिक्तको कर्मचारी विच विभेद भएको प्रति सरकार मौन बसेको भन्दै अब एशोसियशन चुप लागेर नबस्ने बताए । उनले आफ्नो हक अधिकार पाउन सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।



यस्तै केन्द्रिय सदस्य एवं सिन्धुली जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामीले एशोसियशनमा आवद्ध पश्चात केहि उपलब्धीहरु प्राप्त भएता पनि पुर्णता भइनसकेको बताए ।  उनले सिन्धुली र रामेछाप जिल्ला परम्परा देखिको कार्यगत, भावनात्मक सम्बन्ध रहेको खुलाखा गरे । कार्यक्रममा जिल्ला हुलाकका निमित्त प्रमुख कमलविक्रम श्रेष्ठ, पत्रकार बद्रि नयाघरे, युनिक विफा घिसिङ लगाएतले एशोसियशनको बारेमा बोलेका थिए ।
भेलाले दुई उपाध्यक्ष सहित ११ जनाको कार्य समिति चयन गरेको छ । दुई उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह सचिवमा क्रमशः गायित्री कार्की, ओम बहादुर घिसिङ, अम्बर बहादुर विश्वकर्मा, विमला घिमिरे, तेज बहादुर पुलामी रहेका छन् । यस्तै विरबहादुर श्रेष्ठ, रामबहादुर बस्नेत, अमृत बहादुर खड्का, केश कुमारी कार्की र देवराज चौलागाई कार्य समिति सदस्यमा चयन गरेका छन् ।

रामेछाप जिल्लाभित्र ४४ वटा अतिरिक्त हुलाकमा १ सय ३४ जना कर्मचारीहरु कार्यरत छन् ।