रामेछाप । पौष २५ गते,कैलाश खत्री,
रामेछाप सदरमुका मन्थलीमा सोमबारवाट सुरु भएको जिल्ला समन्वय बैठक मंगलबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको बैठकमा २ नगरपालिका र ६ गाउँपालिका अध्यक्ष सहित कार्यकारी अधिकृत र जिल्ला स्थित सरकारी काभर्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
बैठकमा सरकारी कार्यालयका प्रमुख र गाउँपालिका र नगरपालिकाका कार्यकारी अधिकृतहरुले आर्थिक बर्ष २०७४÷७५ भित्र संचालन गर्ने कार्यक्रमको बिवरण प्रस्तुत गरेका थिए ।
जिल्ला स्थित कार्यालयहरु र स्थानीय तहको बिचको सम्बन्धाई मजवुद बनाउन र विकास आयोजना संचालनमा देखिएको कानुनी जटिलताहरुलाई समाधान गर्ने उद्देश्यले सो बैठक आयोजना गरिएको जिल्ला समन्वय समिति रामेछापका जिल्ला समन्वय अधिकारी राजेन्द्र कुमार केसीले जानकारी दिए । स्थनीय तहका जनप्रतिनिधहरुले दुई दिने समन्वय बैठकले स्थानीय तहले गर्ने काम र स्थानीय तहमा संघ संस्थाहरुले संचालन गरेका विकास आयोजनाका गतिविधिको बारेमा जानकारी लिने अवसर भएको बताएका छन् । उनीहरुले आफुले नेतृत्व गरेको स्थानीय तहमा विकास निर्माणको कामलाई योजनावद्ध रुपमा अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । बैठक जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।
रामेछापको जिल्ला समन्वय बैठकमा ( के के भयो हेर्नुहोस् )
- प्रकाशित मिति: मंगलबार, पुष २५ २०७४
- तामाकोसी खबर