रामेछाप । पुस ७ गते,
रामेछापको सदरमुका मन्थलीमा सामुदायिक विकास सामाजद्वारा संचालित समुदायमा आधारित समावेशी विपद् पुर्व तयारी प्रवद्र्धन कार्यक्रमको वहिरगामन गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रम जिल्ला समन्वय समिति रामेछापका निमिक्त जिल्ला समन्वय अधिकारी दिपक प्रसाद सुवेदीको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख बस्नेतले विपद् व्यवस्थापनका लागि सबै स्थानीय तहले प्रभावकारी योजना बनाउन आवश्यक रहेको बताए । सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले विपद् व्यवस्थापनका सवालमा निर्वार्चित जनप्रतिनिधिहरु गम्भिर हुनुपर्ने बताए ।
कार्यक्रममा युरोपियन यूनियनको आर्थिक सहयोग , मिशन ईस्टको समन्वयमा रामेछापको साविकका गाविसहरु हिमंगा, बिजुलीकोट,दुरागाउँ,भुजि,सैपुमा सामुदायिक विकास सामाजले संचालन गरेको विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रमका बारेमा जानकारी गराईएको थियो ।
रामेछापमा संचालित समावेशी विपद् पुर्व तयारी प्रवद्र्धन कार्यक्रम सकियो
- प्रकाशित मिति: शुक्रबार, पुष ७ २०७४
- तामाकोसी खबर