रामेछापको सदरमुकाम मन्थलीमा बाल भेला

  • प्रकाशित मिति: मंगलबार, पुष ४ २०७४
  • तामाकोसी खबर

रामेछाप । पौष ४ गते,
रामेछाप जिल्लाको सदरमुका मन्थलीमा नगरपालिका स्तरीय बाल भेला मंगलबारवाट सुरु भएको छ । मन्थली नगरपालिका स्तरीय बाल भेलाको मन्थली नगरपालिका र जिल्ला समन्वय समिति रामेछापको आर्थिक सहयोगमा जिल्ला बाल कल्याण समिति रामेछापले आयोजना गरेको हो ।
भेलाको जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेको अध्यक्षतामा उद्घाटन भएको छ । भेलाको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख दिपा पाख्रीन, मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत र जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले बाल भेलाको औचित्यका बारेमा बोलेका थिए ।
उनीहरुले बाल अधिकारको संरक्षणमा सरोकारवाला सवै लाग्नुपर्नेमा जोड दिएका थिए । मन्थली नगरपालिका भरिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको भेला बुधबार सम्म संचालन हुने बताईएको छ । भेलामा सहभागि विद्यार्थीहरुलाई जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत गोविन्द कट्टेल र मन्थली नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत आत्माराम सत्यालले सहजीकरण गर्ने महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीले जानकारी दिईन् ।