रामेछापको नागदहमा समुदायको पहुँच न्यायपालिका सम्म अन्तरक्रिया

  • प्रकाशित मिति: शनिबार, पुष १ २०७४
  • तामाकोसी खबर

रामेछाप । पुष १ गते,
रामेछाप जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ५ नागदहमा समुदायको पहँुच न्यायपालिका सम्म बिषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । लिखु गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहालको अध्यक्षता र रामेछापका जिल्ला न्यायाधिस कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको न्यायमा पहँुच परियोजना जुरी नेपाल रामेछापले आयोजना गरेको हो । न्यायमा पहँुच परियोजना द्धारा सञ्चालित ३ सय ६५ दिने महिला हिंसा विरुद्धको अभियान अन्र्तगत संचालन भएको कार्यक्रममा जिल्ला न्यायाधिस कृष्ण प्रसाद पौडेलले जिल्ला अदालत रामेछापले मुद्दाहरुको फछ्यौट गर्न धेरै समय नलगाएको बताए ।
उनले मुद्दाहरु दर्ता भएपछि कानुनी प्रक्रिया मिलाउदा केही समय लागे पनि छिटो छिटो छिनोफाने लागउन तिर अदालतको ध्यान गएको बताए । हिंसाका घटना कसैले पनि सहेर बस्न नहुने भन्दै उनले त्यस्ता घटनाको पिडितहरुलाई न्यायिक निकाय सम्म लैजान सबैले सहयोग गर्नुपर्ने बताए । उनले कम आय भएकाहरुका लागि अदालते निशुल्क वकीलको व्यवस्था गरेको र ४० वटा भन्दा बढि निवेदनहरु निशुल्क दिने व्यवस्था गरेकाले यसलाई उपयोग गर्ने आग्रह गरे ।
कार्यक्रममा लिखुगाउँपालिकाकी उपप्रमुख दिपशिखा दाहालले लिखु गाउँपालिकाको नागदह र बिजुलीकोटमा मदिरा सेवनका कारण घरेलु हिंसा धेरै हुने गरेको बताईन् । उनले गाउँपालिकाको विभिन्न स्थानमा बाल बिवाहको घटना पनि बढ्दै गएकाले यसको निराकरणका लागि सवै लाग्नुपर्ने बताईन् । सरकारी वकील कार्यालय रामेछापका प्रमुख कृष्ण प्रसाद पुडासैनीले कसैले पनि हिंसा सहेर बस्न नहुने बताए ।
उनले स्थानीय तहमै न्यायिक निकायहरु भएकाले त्यसको सहायत लिन र त्यहा नभए सरकारी वकिलको कार्यालयको सहायता लिन आग्रह गरे । कार्यक्रममा नेपाल वार ईकाई रामेछापका अध्यक्ष पाण्डव प्रसाईले सामाजमा हुने महिला हिंसा, बाल हिंसा , बलात्कार र वालविवाह जस्ता कुराको निर्मुल पार्नका लागि सबै लाग्नुपर्ने बताए । उनले यसका लागि गाउँगाउँवाट सरोकारवाला निकायले अभियानै चलाउनु पर्ने बताए । सहभागिहरुले समेत लिखुमा बालबिबाह र घरेलुहंसा बढ्दो रहेको बताएको कार्यक्रमको सहजीकरण कन्यायमा पहँुच परियोजना रामेछापका कार्यक्रम संयोजक रमेश ढुंगेलले गरेका थिए ।