रामेछाप । मंसिर २३ गते,
रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको पहिल्लो विवरण अनुसार बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनबिचको मतान्तर उच्च दरले बढ्दै गएको छ । प्रतिनिधिसभा र प्रदेशसभा क मा भन्दा प्रदेशसभा ख का बाम गठबन्धनका उम्मेदवार कैलाश ढुंगेलको रफतार तीव्र छ ।
पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका उम्मेदवार माओावादीका नेता विना विभागिय गृहराज्य मन्त्री श्याम कुमार श्रेष्ठले २० हजार ८ सय ६५ र नेपाली काँग्रेसका उम्मेदवार पुर्ण बहादुर तामाङ कान्छारामले १७ हजार ३० मत प्राप्त गरेक छन ।त्यसैगरी प्रदेशसभा सदस्य तर्फको निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका शान्ति प्रसाद पौडेलछन ११ हजार ४ सय १५ र नेपाली काँग्रेसका रत्न कार्कीले ७ हजार ८ सय ९ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार कैलाश प्रसाद ढुंगेल १६ हजार ६ सय ४३ मत प्रप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार जित बादुर मगरले ९ हजार १ सय ८० मत प्राप्त गरेको छ ।
मतान्तर कसको कति हेर्नुहोस
प्रतिनिधि सभातर्फ
बाम गठबन्धनका उम्मेदवार श्याम कुमार श्रेष्ठ भन्दा नेपाली काँग्रेसका कान्छाराम तामाङ ३ हजार ८ सय ३५ मतलले पछि ।
पदेशसभा
निर्वाचन क्षेत्र ( क )
बाम गठबन्धनका शान्ति प्रसाद पौडेलले भन्दा नेपाली काँग्रेसका रत्न कार्की ३ हजार ६ सय ६ मतले पछि ।
निर्वाचन क्षेत्र ( ख )
बाम गठबन्धनका उम्मेदवार कैलाश प्रसाद ढुंगेल भन्दा नेपाली काँग्रेसका उम्मेदवार जित बादुर मगर ७ हजार ४सय ६३ मतले पछि छ ।