रामेछाप । मंसिर २२ गते,
रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । शुक्रबार राती ८:३० सम्मको परिणामलाई हेर्दा प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका उम्मेदवार माओावादी केन्द्रका नेता विना विभागिय गृहराज्य मन्त्री श्याम कुमार श्रेष्ठले ११ हजार ६१ र नेपाली काँग्रेसका उम्मेदवार पुर्ण बहादुर तामाङ (कान्छाराम ) ले ८ हजार ७ सय ४० मत प्रप्त गरेका छन् । त्यसैगरी प्रदेशसभा सदस्य तर्फको निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेद्वार शान्ति प्रसाद पौडे
लले ६ हजार ३ सय ११ र नेपाली काँग्रेसका रत्न कार्कीले ४ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार कैलाश प्रसाद ढुंगेल ८ हजार ३ सय ६८ मत प्रप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार जित बादुर मगरले ४ हजार ५८ मत प्राप्त गरेका छन् । १ प्रतिनिधिसभा सदस्यका लागि खसेको मत २ स्थानमा र २ प्रदेशसभासदस्यका लागि खसेको मत एक एक स्थानमा मत गणना भैरहेको छ । मत गन्दा एक पार्टीका २ जनाका दरले प्रतिनिधि बस्न मिल्ने तर उनीहरुले पतपत्र छुन नपाउने व्यवस्था गरिएको छ । मंसिर १० गते आईतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा ८९ हजार ५ सय ८७ मत खसेको छ । जसमा ४४ हजार १ सय १४ महिला र ४५ हजार ७ सय ७३ पुरुष रहेका रहेका छन् ।
रामेछापमा मतगणना जारी , प्रतिनिधि र प्रदेशसभा दुवै तर्फ बाम उम्मेदवार अगाडि
- प्रकाशित मिति: शुक्रबार, मंसिर २२ २०७४
- तामाकोसी खबर