रामेछापमा प्रतिनिधिसभा तर्फ २७३७ र प्रदेश (क) १४८५ र ( ख) मा ४०४१ ले बाम गठबन्धनका उम्मेदवार अगाडि

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २२ २०७४
  • तामाकोसी खबर

रामेछाप । मंसिर २२ गते,
रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । बिहिबार साँझ ६ः४५ बाट सुरु भएको मतगणना प्रत्यक मतदान स्थलमा खसेका मत छुट्टा छ्ट्टै गन्ने काम भैरहेको छ । मत गणनाको शुक्रबार अपरान्ह् ४ः३५ सम्मको परिणामलाई हेर्दा प्रतिनिधिसभा तर्फ १९ हजार ६ सय ३४ मत गनिसक्दा बाम गठबन्धनका उम्मेदवार माओावादीका नेता विना विभागिय गृहराज्य मन्त्री श्याम कुमार श्रेष्ठले १० हजार १३ र नेपाली काँग्रेसका उम्मेदवार पुर्ण बहादुर तामाङ कान्छारामले ७ हजार २ सय ७६ मत प्रप्त गरेका छन् । त्यसैगरी प्रदेशसभा सदस्य तर्फको निर्वाचन क्षेत्र नम्बर १ मा १० हजार ५ सय ७६ मत गणना हुदा बाम गठबन्धनका शान्ति प्रसाद पौडेलले ५ हजार ४ सय २६ र नेपाली काँग्रेसका रत्न कार्कीले ३ हजार ९ सय ४१ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा १० हजार ४ सय ९३ गन्दा बाम गठबन्धनका उम्मेदवार कैलाश प्रसाद ढुंगेल ६ हजार ७ सय ४५ मत प्रप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार जित बादुर मगरले २ हजार ७ सय ४ मत प्राप्त गरेको छ । १ प्रतिनिधिसभा सदस्यका लागि खसेको मत २ स्थानमा र २ प्रदेशसभासदस्यका लागि खसेको मत एक एक स्थानमा मत गणना भैरहेको छ । मत गन्दा एक पार्टीका २ जनाका दरले प्रतिनिधि बस्न मिल्ने तर उनीहरुले पतपत्र छुन नपाउने व्यवस्था गरिएको छ । मंसिर १० गते आईतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा ८९ हजार ५ सय ८७ मत खसेको छ । जसमा ४४ हजार १ सय १४ महिला र ४५ हजार ७ सय ७३ पुरुष रहेका रहेका छन् ।