रामेछाप । मंसिर २२ गते,
रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको परिणामलाई हेर्दा प्रतिनिधिसभा र प्रदशसभा सदस्य दुवैमा बाम गठबन्धनको अग्रता कायमै छ । मत गणनाको शुक्रबार दिउसो २ः३० सम्मको परिणामलाई हेर्दा प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका उम्मेदवार माओावादीका नेता विना विभागिय गृहराज्य मन्त्री श्याम कुमार श्रेष्ठले ८ हजार ९ सय १३ र नेपाली काँग्रेसका उम्मेदवार पुर्ण बहादुर तामाङ कान्छारामले ६ हजार ३ सय ४२ मत प्रप्त गरेका छन् । त्यसैगरी प्रदेशसभा सदस्य तर्फको निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका शान्ति प्रसाद पौडेलले ४ हजार ७ सय ४६ र नेपाली काँग्रेसका रत्न कार्कीले ३ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार कैलाश प्रसाद ढुंगेल ६ हजार २ सय ६३ मत प्रप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार जित बादुर मगरले २ हजार ५ सय १२ मत प्राप्त गरेको छ । बिहिबार साँझ ६ः४५ बाट सुरु भएको मतगणना प्रत्यक मतदान स्थलमा खसेका मत छुट्टा छ्ट्टै गन्ने काम भैरहेको छ ।
१ प्रतिनिधिसभा सदस्यका लागि खसेको मत २ स्थानमा र २ प्रदेशसभासदस्यका लागि खसेको मत एक एक स्थानमा मत गणना भैरहेको छ । मत गन्दा एक पार्टीका २ जनाका दरले प्रतिनिधि बस्न मिल्ने तर उनीहरुले पतपत्र छुन नपाउने व्यवस्था गरिएको छ । मंसिर १० गते आईतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा ८९ हजार ५ सय ८७ मत खसेको छ । जसमा ४४ हजार १ सय १४ महिला र ४५ हजार ७ सय ७३ पुरुष रहेका रहेका छन् ।