रामेछापमा बिहिबार साँझ ५ बजेपछि मतगणना हुने

  • प्रकाशित मिति: बुधबार, मंसिर २० २०७४
  • तामाकोसी खबर

रामेछाप । मंसिर २० गते,
रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना बिहिबार साँझ ५ बजेपछि हुने भएको छ । मतगणनाको थप छलफल गरी योजना बनाउन बिहिबार बिहान ८ बजे सर्वदलिय बैठक बोलाईएको रामेछापको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्वदलिए बैठकमा निर्वाचन आयोगले पठाएको मतगणना निर्देशिकाको बारेमा जानकारी दिने र सोहि निर्देशिकाको आधारमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले बताए । मतगणना ४ समुहमा बिभाजन गरी गरिने मुख्य निर्वाचन अधिकृत पौडेलको भनाई छ । मत गणना हुने स्थललमा आवश्यक तयारी गरिसकेको उनको भनाई ।
मंसिर १० गते आईतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा ८९ हजार ५ सय ८७ मत खसेको छ । जसमा ४४ हजार १ सय १४ महिला र ४५ हजार ७ सय ७३ पुरुष रहेका रहेका छन् । १ लाख ५२ हजार ५ सय ५९ जना मतदाता रहेको रामेछापमा ५८ दशमलव ७२ प्रतिशतले मतदाताले मात्रै मत व्यक्त गरेका थिए । बिहिबार साझ ५ बजे बाट मतगणना गर्ने गरी मतगणना स्थलमा तार जाली र आवश्यकता अनुसारका बक्तिहरु राख्ने काम भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।