उदयपुर । मंसिर १६ गते,
जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नसकेको आरोप लगाउँदै कसरकारले उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठलाई गृह मन्त्रालयमा तानेको छ ।
श्रेष्ठको स्थानमा प्रदीपराज कँडेललाई प्रमुख जिल्ला अधिकारी बनाएर उदयपुर पठाइएको छ । यही मंसिर १३ गते उदयपुरगढी नगरपालिका ६ दनुवारबेसीमा अज्ञात समूहले बम विष्फोट गराउँदा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित ७ जना घाइते भएका थिए । प्रतिनिधिसभा सदस्य उम्मेदवार कार्कीसहित घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ । श्रेष्ठलाई करिब पाँच महिना अघि गृह मन्त्रालयले उदयपुरमा सीडीओ बनाएर पठाएको थियो । उनलाई पुनः गृहमन्त्रालय तानेर स्थानीय चुनावताका सर्लाहीमा प्रजिअ रहेका कँडेललाई उदयपुर पठाइएको हो ।
शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै उदयपुरका प्रजिअको सरुवा
- प्रकाशित मिति: शनिबार, मंसिर १६ २०७४
- तामाकोसी खबर