रामेछाप । कार्तिक २५गते,
रामेछापको मन्थली नगरपालिका वडा नमबर ९ पुरानागाउँमा स्थानीय अधिकारी र सेवा प्रदायक निकायविच अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रम अनौपचारिक सेवा केन्द्र ( इन्सेक) को आर्थिक सहयोगमा मानवअधिकार निगरानी समुह पुरानागाउँले आयोजना गरेको हो ।
सेवा प्रदायक निकाय वडा कार्यालय , शिक्षा , स्वास्थ्य चौकी , पशुसेवा केन्द्र र सामुदायिक अध्ययन केन्द्र, पुननिर्माण प्राधिकरण लगायतका निकायको सेवा प्रवाहाका सवालमा छलफल भएको कार्यक्रममा ईन्सेक रामेछापका प्रतिनिधि तथा पत्रकार नवराज पथिकले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । मानव अधिकार निगरानी समुह पुरानागाउँकी संयोजक विना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष वुद्धी बहादुर पुलामी मगरले यस्ता अन्तरक्रियाले सेवा प्रदायक निकायलाई जवाफदेही बनाउन सहयोग गर्ने बताए । उनले वडामा रहेको सेवा प्रदायक निकायहरुको सेवा प्रभावकारी बनाउनका लागि सबैसंग छलफल गरेर अगाडी बढ्ने बताए ।
वडाका केही विद्यालयहरुको पठन पाठनमा केही समस्या रहेकाले त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनले बताए ।
कार्यक्रममा भिमेश्वर रुद्र माध्यामिक विद्यालय श्रोत केन्द्रका श्रोत व्यक्ति केदार ढुगेलले पुरानागाउँमा रहेका विद्यालय मध्ये २ वटा आभारभुत तहको विद्यालयको अवस्था कमजोर रहेको बताए । उनले ती विद्यालयहरुलाई कडा निगरानीका साथ सुधार गर्ने प्रयासमा लागिरहेको बताए । विद्यालय सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थी लगाएत सरोकारवाला निकाय सबै लाग्नुपर्ने उनको भनाई छ ।उनले अन्यत्रका सामुदायिक अध्ययन केन्द्रले धेरै काम गरेका भएपनि पुरानागाउँमा भने सामुदायिक अध्ययन केन्द्रले प्रभावकारी काम गर्न नसकेको बताए ।
पुरानागाउँ स्वास्थ्य चौकीका अहेब सञ्जय कुमार मण्डलले स्वाथ्य चौकीमा आवश्यकता अनुसार औषधी नहुँदा समस्या भएको बताए । औषधी अभावका सवालमा सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि औषधी नआएको उनको भनाई छ । पुरानागाउँका ईन्जीनियर प्रकाश चौधरीले अहिले पुरानागाउँमा १ सय ६२ वटा घर निर्माण भैरहेको बताए । उनले पुरानागाउँमा १ सय ५० घरले दोस्रो किस्ता रकम बुझिसकेका र ५३ घर तस्रो किस्ताका लागि सिफारीस भैसेका बताए । त्यसैगरी पशु सेवा केन्द्र पुरानागाउँकी यलिना घिसिङले स्थानीय तह निर्माण भएसंगै कुनैनि पशुऔषधी पुरानागाउँमा नगएको बताइन् । उनले ७ थरिका पशुऔषधी सरकारले निशुल्क प्रदान गर्ने भनिएपनि अहिले सेवा केन्द्रमा कुनै औषधी नभएको बताइन् । औषधि नभए पनि आफूले पशु उपचार तथा परामर्श भने दिई रहेको उनको भनाई छ।
रामेछापको पुरानागाउँमा स्थानीय अधिकारी र सेवा प्रदायक निकायविच अन्तरक्रिया
- प्रकाशित मिति: शनिबार, कार्तिक २५ २०७४
- तामाकोसी खबर