रामेछाप । कार्तिक १८ गते,
रामेछाप उद्योग बाणिज्यसंले रामेछापमा संचालित व्यवसायहरुको कडा अनुगमन गर्ने भएको छ । उद्योग बाणिज्यसंघको शनिबार बसेको बजार अनुगमन र बजार सरसफाई उपसमितिको बैठकले सुरुमा मन्थली नगरपालिका भित्र संचालित व्यवसायहरुलाई कडाईका साथ अनुगमन गर्ने निर्णय गरेको हो ।
बैठकले रामेछाप उद्योग बाणिज्य संघ मन्थली रामेछापको नियमित कार्य समितिको बैठकले २०७३ साल माघ ५ गते गरेको निर्णय अनुसार व्यवसाय संचालन नगर्ने व्यवसायीहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । व्यवसायीहरले बेला बेलामा नेपाल सरकारले गरेको अनुगमनलाई समेत व्यवास्था गर्ने गरेका कारण आईतबारबाट उद्योग बाणिज्य संघले अनुगमन गर्न लागेको रामेछाप उद्योग बाण्ज्यिसंघका अधयक्ष श्याम थापाले जानकारी दिए ।
थापाका अनुसार व्यवसायीहरुले व्यवसाय संचालन गर्दा स्थानीय निकायमा दर्ता गरेको प्रमाणपत्र , वाणिज्य तथा घरेलुमा दर्ता गरेको प्रमाणपत्र ,आय करमा दर्ता गरेको प्रमाण पत्र ,नापतौल प्रमाण पत्र ,मुल्यसूचि , मदिरा व्यवसाय गर्ने व्यवसायिहरुले अनिवार्य रुपमा ईजाजत पत्र व्यवसाय स्थलमा राख्नुपर्ने छ । त्यसैगरी म्याद सकिएका समान भए फिर्ता गर्ने ,दैनिक खरीद विक्रि खाता राख्ने , व्यवसाय अगाडि सधै सरसफाई गर्ने र सडक पेटीमा कुनै किसिमको अवरोध व्यवसायीहरुले गर्न पाउने छैन ।
अनुगमनका क्रममा उपभोग्य वस्तुको उत्पादन र उपभोग्य अवधी मिति हेर्न वा भन्न सके नसकेको ,रामेछाप उद्योग बाणिज्य संघको सदस्य छकिछैन , व्यवसाय स्थलमा १० बाई १० को कर पाटी र मुल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाण पत्र छकिछैन लगाएतको बिषयलाई हेरिने छ । त्यसैगरी होटलहरुको खाना , नास्ता र सरसफाई कस्तो छ ,तरकारी ,मासु र फलफूलको दर रेट र सरसफाईको अवस्था , व्यवसाय दर्ताको उद्देश्य अनुसार संचालित छकि छैन लगाएतका बारेमा अनुगमन हुने छ । यसभन्दा अगाडि पनि नेपाल सरकार र उद्योग बाणज्यसंघले पटपटक अनुगमन गरेको थियो ।
ति अनुगमनलाई मन्थली बजारका झण्डै १५ प्रतिशत भन्दा बढि व्यवसायले अझै टेरेका छैनन् । रामेछापको सदरमुकाम मन्थलीमा संचालित व्यवसाय मध्य १५ प्रतिशत भन्दा बढि व्यवसायहरु बिना इजाजत संचालन भैरहेको रामेछाप उद्योग बाणिज्यसंघका कार्यकारी अधिकृत नबिन केसीले जानकारी दिए । व्यवसायीहरुलाई सचेत गराउनका लागि यो अन्तिम अनुगमन भएकाले अव पनि नटेर्ने व्यवसायीहरु प्रति रामेछाप उद्योग बाणिज्य संघ जवाफदेही नुहने अधिकृत केसीको भनाई छ ।
रामेछाप उद्योग बाणिज्य संघले जिल्लामा संचालित व्यवसायहरुको अनुगमनमा कडाई गर्ने
- प्रकाशित मिति: शनिबार, कार्तिक १८ २०७४
- तामाकोसी खबर